केपी शर्मा ओली नेतृत्वको नेकपाले पार्टीभित्रको अनुशासन मजबुत बनाउन कुनै कसर बाँकी नराख्ने भएको छ । माधवकुमार नेपालसमर्थकका रूपमा चिनिएका प्रदेश सभा सदस्य शत्रुघ्न महतोलाई पन्ध्र दिनका लागि निलम्बन गर्ने निर्णय नेकपाले गरिसकेको छ । महतोले पार्टी निर्णयविपरीत काम गरेको आरोपमा उनलाई निलम्बन गरिएको हो ।
यसैबीच बालुवाटार जग्गा घोटाला प्रकरणका अभियुक्त महासचिव विष्णु पौडेललाई कारबाहीको माग गर्ने सांसद मेटमणि चौधरीलाई पनि पार्टीले स्पष्टीकरण मागेको छ । चौधरीले सार्वजनिक रूपमै पौडेलमाथि कारबाहीको माग गरेका थिए ।
यसरी चौधरीसँग स्पष्टीकरण मागिएपछि नेकपामा अब प्रतिकूल अभिव्यक्ति दिनेहरूलाई पनि अनुशासनको कारबाही हुने सन्देश प्रवाहित भएको छ ।
प्रतिक्रिया