राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतान्त्रिक शासन व्यवस्थाले देश र जनताको भलाइका निम्ति कुनै काम गर्न नसकेको बताएका छन् ।
पार्टीको २९औँ स्थापना दिवसको अवसरमा बुधबार राजधानीको बानेश्वरस्थित अर्पण बेंक्वेटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । सो अवसरमा उनले गणतन्त्रको यस अवधि मुलुकमा भ्रष्टाचार र बेरोजगारी अनियन्त्रित रूपले बढेको उल्लेख गरे ।
उनले सो अवसरमा राजसंस्थासहितको राजनीतिक प्रणाली स्थापनामा जोड दिए । गणतन्त्रात्मक शासन व्यवस्थाले जनताको भावनालाई प्रतिनिधित्व गर्न नसकेकाले आफ्नो पार्टी राप्रपाले राजसंस्थासहितको राजनीतिक प्रणाली स्थापनामा जोड दिएको उनको भनाइ थियो ।
प्रतिक्रिया