नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विगतमा भएको सम्झौता र समझदारी कार्यन्वयन हुन आवश्यक रहेको बताएका छन् । शनिवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकिकरणको ऐतिहासिक सन्दर्भमा भएको समझदारी इमान्दारीका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।
विगतमा भएको सहमतिको स्मरण गर्दा ठूलो प्रचार भएको भन्दै प्रचण्डले पार्टी एकताका बेला भएका सहमतिलाई स्मरण गरेको बताए । सहमतिबारे प्रधानमन्त्रीलाई थाहा भएको बताए । उनले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै जना अध्यक्ष लागिरहेको बेला नेता, कार्यकर्ता, शुभेच्छुक र जनतालाई अनावश्यक रुपमा विभाजित नहुन अनुरोध गरे ।
एक फरक प्रसंगमा अध्यक्ष प्रचण्डले जेठ २० गते बस्ने सचिवालयको बैठकले पार्टी एकिकरणका बाँकी मुद्दा र नेता कार्यकर्ताको कार्य विभाजन गर्ने जानकारी दिए ।
प्रतिक्रिया