नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केपी ओलीले नै पाँच बर्ष प्रधानमन्त्री चलाउने दावी गरेका छन् । पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको प्रति गुनासो व्यक्त गर्देै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्ने बताए । ‘हामी निरन्तर संवादमा छौं । पाँच वर्ष नै केपी जीले सरकार चलाउन सक्नुहुन्छ’, दाहालले भने, ‘सरकार सञ्चालन हामी सहमति गरेर पाँच वर्षसम्म चलाउँछौं । मिडियाका पछि नलाग्न म अनुरोध गर्दछु ।’
उनले करीब पाँच मिनेट मात्र कार्यकर्तालाई सम्बोधन गरेका थिए । अध्यक्ष दाहालले पार्टीका विस्तृत कुरा बुझेर मात्रै धारणा बनाउन कार्यकर्तालाई सुझाएका थिए । उनले पार्टी एकीकरणका बाँकी रहेका विषयलाई दुई दिनभित्रमा टुङ्ग्याउने पनि जानकारी गराए ।
अध्यक्ष दाहाल किराँत राई यायोक्खा सुनसरीको आयोजनामा उभौलीको समापन गर्न धरान पुगेका हुन् ।
प्रतिक्रिया