स्कार्लेटको बोल्डनेस

स्कार्लेटको बोल्डनेस


स्कार्लेट जोहान्सनलाई नचिन्ने आजको पुस्तामा कुनचाहिँ सिनेप्रेमी होलान् ? अति सुन्दर अनुहार र बडी फिगरको साथसाथै अभिनय प्रतिभाकी धनी जोहान्सन आफ्नो ‘बोल्डनेस’ स्वभावका लागि पनि परिचित छिन् । बहुचर्चित ‘आइरन म्यान-२’ मा सेक्रेट एजेन्डको भूमिका निर्वाह गरेर थप चर्चा कमाएकी स्कार्लेट वास्तविक जीवनमा जति बोल्ड छिन् पर्दामा पनि त्यस्तै सशक्त र स्वतन्त्र भूमिका निर्वाह गर्न मन पराउँछिन् । यस फिल्मप्रति अत्यन्तै उत्साहित रहेकी उनले यस्तो सशक्त महिलाको भूमिका निभाएकी छिन् जसप्रति उनी आफैं अत्यन्त प्रभावित छिन् । जिन्दगीमा कुनै पुरुषको सहाराबिना नै कुनै पनि काम गर्न सक्छ भन्ने आत्मविश्वास उनलाई यस फिल्ममा निर्वाह गरेको भूमिकाकै कारण प्राप्त भएको छ । कतै यही बोल्डनेस र बढ्ता आत्मविश्वासले जोहान्सनको जीवनधारा नै बदलिदिने त होइन ?

चेरिल विश्वकै सेक्सी महिला
विश्वकै सर्वाधिक सेक्सी महिला को हुन् ? यो प्रश्न आफैंमा रोमाञ्चकारी छ । हरेकलाई लाग्न सक्छ- विश्वप्रसिद्ध हलिवुड या बलिवुडजस्ता सिने उद्योगसँग सम्बन्धित कुनै स्वप्न सुन्दरी नै विश्वकी सबभन्दा सेक्सी महिला होलिन् । तर, यो अनुमान यतितेला सही ठहरिन सक्दैन । लगातार दोस्रोपटक ‘विश्वकी सर्वाधिक सेक्सी महिला’को उपाधि जितेर ब्रिटिस पपस्टार चेरिल कोलले वाहवाही लुटेकी छिन् । हलिवुडका विख्यात सुन्दरीहरू मेगन फक्स र जेसिका एल्बालाई समेत पछि पारेर चेरिलले यो मनमोहक उपाधि हासिल गरेकी छिन् । फुटबल खेलाडी पति ओस्लेसँग केही समयअघि डिभोर्स गरेकी २६ वर्षीया चेरिलले एक सय एकसेएक सेक्सी महिलालाई पछार्दै सेक्सी महिलाको सूचीमा शीर्ष स्थान हासिल गरेकी डेली मेल अनलाइनले जनाएको छ ।

अङ्गुर रहेछ मधुमेहको शत्रु

मधुमेह रोगबाट आज विश्वका करोडौं मानिस आक्रान्त छन् । यसको चपेटामा परेर खानपानमा पथपरहेजदेखि अनेक महँगा औषधि सेवन गर्नुपर्ने बाध्यता मानिसलाई परिरहेको छ । तर, मधुमेहको त्रासमा परिरहेको मानवसमाजलाई वैज्ञानिकहरूद्वारा हालै गरिएको एक अनुसन्धानले खुसीको खबर प्रदान गरेको छ ।
अमेरिकी वैज्ञानिकहरूले दाबी गरेका छन् कि अङ्गुर सेवनबाट मधुमेह र हृदयको बिरामीबाट बच्न सकिन्छ । मिचिगन विश्वविद्यालयका शोधकर्ताहरूले मुसामा गरेको अनुसन्धानबाट सिद्ध हुन आएअनुसार खानामा अङ्गुरको मात्र भरपूर भएमा मेटाबोलिक सिन्ड्रोमको जोखिमबाट बच्न सकिन्छ । अर्थात् अङ्गुरको पर्याप्त सेवनले मधुमेह र उच्च रक्तचापको खतरा काफी कम गर्ने दाबी अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले गरेका छन् ।
-नवीन उप्रेती