प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा तीन विभागीय टिम पुलिस, आर्मी, एपीएफ र गण्डकी प्रदेशले जित हात पारेका छन् ।
जेठ २० गते सोमबार भएको पहिलो खेलमा पुलिसले कर्णाली प्रदेशलाई २५–१५, २५–२१ र २५–१५ को सोझो सेटमा हरायो । त्यस्तै एपीएफले प्रदेश २ लाई २५–१९, २५–१४ र २५–१४ को सोझो सेटमा पराजित गरेको थियो ।
तेश्रो खेलमा गण्डकी प्रदेशले प्रदेश ३ लाई २६–२४, २५–१४ र २५–१४ को सोझो सेटमा स्तब्ध बनायो । अन्तिम खेलमा आर्मीले प्रदेश १ लाई २५–२०, २५–१२ र २५–१७ को सोझो सेटमा पराजित ग¥यो ।
प्रतिक्रिया