गुल्मी जिल्ला समाज यूकेको आठौ साधारण सभा सम्पन्न

गुल्मी जिल्ला समाज यूकेको आठौ साधारण सभा सम्पन्न


3 (1) size-large wp-image-15225″ />लण्डन , गुल्मी जिल्ला समाज युकेको आठौ बार्षिक साधारण सभा युकेको अल्डरशट स्थित भेटघाट रेस्टुरेन्टमा सम्पन्न भएको छ | संस्थाका अध्यक्ष अर्जुन गौतमका पिताजीको अधिवेशनको पुर्व सन्ध्यामा भएको दुखद निधन प्रति समबेदना प्रकट गर्दै एक मिनेट मौन धारण गरि कार्यक्रम शुरु गरिएको थियो | महासचिब राम गलामी द्वारा संचालित कार्यक्रमको सभापतित्व उपाध्यक्ष बिनोद ज्ञवालीले गर्नु भएको थियो भने अर्का उपाध्यक्ष ओम गुरुंगले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो | कार्यक्रममा संस्थापक अध्यक्ष ओम प्रसाद थापाले आफ्नो मन्तब्य राख्दै बिशुद्द परोपकारी उदेश्यले स्थापना भएको समाजको शुरुका दिनहरुको स्मरण गर्दै गुल्मी जिल्ला समाज युकेका उदाहरणिय कामहरुले गर्दा यो संस्था एउटा पवित्र परोपकारी मन्दिरको रुपमा स्थापित भइसकेको बताउनु भयो |
कार्यक्रममा महासचिब राम गलामी द्वारा तयार पारिएको बार्षिक प्रतिबेदन सचिब शिव भण्डारीले प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष टोप पल्लीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो | त्यसैगरी उपाध्यक्ष्य केशब भण्डारीले संस्थाको बिधान संसोधन प्रस्ताव पेश गर्नु भएको थियो | साथै उहाले सल्लाहकार प्रेम प्रसाद गैरे द्वारा अंग्रेजीमा अनुवादित बिधान संस्थाको वेब साइटमा अपलोड गरिने बताउनु भएको थियो| प्रस्तुत प्रतिबेदनहरुमा उपस्थित कार्य समितिका पदाधिकारी, सल्लाहकार, आजीवन सदस्य तथा साधारण सदस्यहरुले अहिले सम्म भए गरिएका कार्यहरुको लेख जोखा तथा मुल्यांकन उपर छलफल एवं राय सल्लाह पश्चात पारित गरिएको थियो | तत्पश्चात जिल्लामा प्रदान गर्न लागिएको चौथो एम्बुलेन्स सम्बन्धि बिवरण संयोजक मति प्रसाद पुनले पेश गर्नु भएको थियो भने जिल्लामा संचालन भईरहेका तीनवटा एबुलेन्सको प्रगति एवं आय-व्यय सम्बन्धि बिवरण अनुगमन सदस्यहरु शिव भण्डारी, बिनोद ज्ञवाली तथा राम सापकोटाले प्रस्तुत गर्नु भएको थियो | यसका अलावा सल्लाहकार द्वय मिन दर्लामी र फत्त थापाले च्यारिटी दर्ता सम्बन्धि अपडेट गर्नु भएको थियो | सभामा संस्थाको आगामी कार्य दिशा , सहयोगका क्षेत्रहरुको मापदण्ड आदि बिषयमा सदस्य हरुमाझ बृहत छलफल भएको थियो |
सभाको समापन गर्दै कार्यक्रमको सभापतित्व गर्नु भएका संस्थाका उपाध्यक्ष बिनोद ज्ञवालीले उपस्थित सबैलाई धन्यबाद दिदै गुल्मी जिल्ला समाज युके नितान्त सेवामुखी कार्यमा निरन्तर लागिरहेको र विभिन्न जात जति तथा वर्ग र समुदायको समबेशितानै संस्थाको अनुपमता भएको बताउनु भएको थियो |-फडिन्द्र भट्टराई