बेलायत । नेपाली नयां वर्ष२०७१ को अवसरपारी म्याग्दी प्रवासी नेपाली संघ बेलायत -मोना यूके)ले शुभकामना सांझ भव्य रुपमा मनाएको छ । फार्नबरोस्थित स्यामुयल कोडी स्पोर्ट्स क्लवमा शनिबारसांझ सम्पन्न कार्यक्रममा बेलायतका विभिन्न स्थानबाट म्याग्देलीहरु सहभागी भएका थिए । मोना आजीवन सदस्यता वितरण तथा राहातकोष स्थापनाको मूल उद्देश्यका साथ शुभकामना सांझ आयोजना गरिएको थियो ।
मोना यूकेका अध्यक्ष उमेश रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रम बेलायतका लागि नेपाली कार्यबहाक राजदूत तेज बहादुर क्षेत्री, एनआरएन यूकेका अध्यक्ष योगेन क्षेत्री, मोना बेल्जियका अध्यक्ष्ँ घनश्याम शाही र अध्यक्ष उमेश रानाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य दिंदै अध्यक्ष रानाले म्याग्देलीहरुलाई आवश्यक परेको बेलामा सहयोग पुर्याउन राहातकोष स्थापना गरिएको बताए । म्याग्देलीहरुको मन ठूलो छ, मोना यूकेले गरेका आफ्नो गाउं आफैं बनाऊं, हाम्रो म्याग्दी हाम्रो गौरब जस्ता पवित्र कामहरु म्याग्दीवासीहरुको सहयोगमा सफल भइसकेको उनको भनाइ थियो । राहातकोष पनि सफल हुने बताउंदै म्याग्दीवासीहरुलाई मनले सहयोग गर्न उनले आग्रह गरेका थिए । कार्यक्रम सफल पार्न विभिन्न क्षेत्रबाट सहयोग पुर्याउनेप्रति उनले आभार प्रकट गरे । सामाजिक संस्था भएकोले यसलाई च्यारिटीमा दर्ता गराउन आफूले सक्दो पहल गर्ने उनले बताए ।
कार्यक्रममा शुभकामना मन्तव्य दिंदै कार्यबहाक राजदूत तेज बहादुर क्षेत्रीले मोना युकेले आफ्नो जिल्लामा स्मरणीय कार्यत्रहरु गरेकोमा प्रशंसा गरेका थिए । मोना यूकेले जस्तै अन्य जिल्लाहरुले पनि राम्रो काम गरेभने देशको सम्बृद्धिमा टेवा पुग्ने उनको भनाई थियो । त्यस्तै गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगेन क्षेत्रीले मोना यूके पवित्र भावनाले भरिएका म्याग्देलीहरुको साझा संस्था भएको बताए । मोना यूकेले अघि सारेका आजीवन सदस्य र राहातकोष स्थापना कार्य सफल हुने उनले विश्वास लिए ।
मोना नयां बर्षशुभकामना कार्यक्रममा सहभागी मोना बेल्जियका अध्यक्ष घनश्याम शाही, मोना बेल्जियमका संस्थापक एवं एनआरएन बेल्जियमका आइसीसी सदस्य शिव कुमार बरुवाल लगायतले पनि शुभकामना मन्तव्य दिए । कार्यक्रममा स्वागत मन्तव्य दिंदै संयोजक एवं उपाध्यक्ष कमल पूर्जाले म्याग्देलीहरुको पहिचान नै एक अर्कालाई सहयोग पुर्याउनु रहेको बताए । मोना राहात कोषमा पनि म्याग्देलीहरुले दिल खोलेर सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै पूर्जा कार्यक्रम सफल पार्न सहयोग पुर्याउनेप्रति आभार प्रकट गरेका थिए । त्यस्तै अर्का उपाध्यक्ष शान्ता गौचनले राहत कोष र आजीवन सदस्यताबारे जानकारी गराए । मोना यूके सचिव खिम शेरचनले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिए । कोषाध्यक्ष किसन जीसीले आजीवन सदस्य तथा राहातकोषमा बृद्धि भएको जानकारी दिएका थिए ।
सो अवसरमा राहातकोष स्थापनार्थ सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरु, नयां आजीवन सदस्यहरु, उच्च शिक्षा हासील गरेका म्याग्देली विद्यार्थी र कलाकारहरुलाई सम्मान गरिएको थियो । त्यस्तै मोना युकेबाट अन्य सामाजिक संघसंस्थाका प्रतिनिधित्व गर्ने एनआरएनए युकेका अध्यक्ष्ँ योगेन क्षेत्री, राष्ट्रिय संयोजक एवं मोना यूकेका पूर्वअध्यक्ष योग कुमार फगामी, लगायतलाई खादा लगाई विशेष सम्मान गरिएको थियो । सोहि कार्यक्रममा गितकार मिरा पिजीलाई पनि सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रमपछि सम्पन्न सांसकृतिक कार्यक्रममा नेपालबाट आएका चर्चित लोक गायक बद्रि पंगेनी, गायीका कल्पना श्रीपाल, विलन थापा खड्ग लगायतले सहभागिहरुलाई मनोरञ्जन दिए । त्यस्तै स्थानीय सयपत्री ग्रुपका कलाकार र समाजका युवायुवतीहरुले नृत्य प्रश्तुत गरेका थिए । कार्यक्रमको अर्को आकर्षा धौलागिरी नौमती वाजाले सहभागिहरुलाई छमछमी नचाएको थियो । सांस्कृतिक विभाग सदस्य बिल पूर्जा संयोजनमा पुख्र्यौली समुहले सोरठी नृत्य प्रश्तुत गरेको थियो ।
कार्यक्रममा बाग्लुङ समाज यूके, ताप्लेजुङ समाज युके, भोजपुर समाज यूके, मगरसंघ यूके, गुल्मी समाज यूके, थकाली समाज यूके, बुद्धिष्ट कम्युनीटि सेण्टर यूके, हाम्सायर काउण्टी काउन्सील लगायत संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।
धर्मराज अधिकारी
प्रतिक्रिया