प्रवासी नेपाली मंच यूकेको साउथ इस्ट इलाका बैठक सम्पन्न

प्रवासी नेपाली मंच यूकेको साउथ इस्ट इलाका बैठक सम्पन्न


NewsUK_2c_rgbलण्डन । अस्ति विश्व मजदुर दिवसको अवसर पारेर प्रवासी नेपाली मंच, साउथ इस्ट इलाका कमिटीले बिभिन्न निर्णयहरु गर्दै कार्य समितिको बैठक सम्पन्न गरेको छ । सचिब केदार थपलियाले संचालन गरेको उक्त बैठकको सभापतित्व साउथ इस्ट अध्यक्ष तथा बेलायत कमिटिका सदस्य दाशु पाण्डे ले गर्नु भएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रवासी नेपाली मंच बेलायतका अध्यक्ष राम शरण सिंखडाले प्रवासी नेपाली मंच बेलायतलाई एउटा जीवन्त र सकृय संगठनको रुपमा विकास गर्ने लक्षअनुरुप कामहरु भईरहेको बताउनु भयो । साथै उहाँले बिदेशी नेपालीको नागरिकता निरन्तरतासम्बन्धी एक जिज्ञासाको जवाफमा नागरिकता निरन्तरता जस्तो संबेदनशील बिषयमा केही समय अगाडि संगठनले गरेको अन्तरक्रिया कार्यक्रमको कार्यपत्र तयार हुदै गरेको र हुनासाथ यस बिषयमा कसरी प्रभावकारी रुपमा समन्वयकारी भूमिका खेल्दै अगाडि बढने भन्ने कुरा तय गरिने बताउनु भयो । कार्यक्रममा मंचका न्रिवर्तमान अध्यक्ष दिनेश घिमिरेले समेत आफ्नो धारणा राख्नु भएको थियो भने समसामयिक बिषयमा पदाधिकारीहरुबीच छल फल गरिएको थियो ।

बैठकले संगठनले मदन-आश्रित स्मृति दिवसको अवसरमा गर्न लागेको अन्तरक्रिया, साथै समर आउटिङ्ग कार्यक्रम हरु भब्य रुपमा सफल बनाउन आव्हान गर्नुका साथै कार्य बिभाजन समेत गरेको छ । बैठकमा अध्यक्ष दाशु पाण्डेले उपस्थितहरुलाई धन्यबाद दिदै प्रवासी नेपाली मंचले अगाडी सरेका सबै सृजनात्मक कार्यक्रमहरुमा साउथ इस्ट इलाकाबाट सदैब सहभागिता रहने कुरा बताउनु भयो ्- बैठक माउन्टेन भ्यिउ रेस्टुरेन्ट ग्रीनवीच ब्रान्चमा संचालन भएको थियो ।
-फडिन्द्र भट्टराई