यूकेमा नेपाली पत्रकारहरुबाट पनि प्रेस स्वतन्त्रता दिवस

यूकेमा नेपाली पत्रकारहरुबाट पनि प्रेस स्वतन्त्रता दिवस


1111000लण्डन । यही मे ३ तारिखका दिन विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा पहिलो पटक नेपाल पत्रकार महासँघ यूके शाखाबाट एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरी प्रस स्वतन्त्रता दिवस मनाएको छ । एक्टन टाउनको एबीआई कलेजको एक कक्षमा आयोजना गरिएको सो कार्यक्रममा पत्रकारहरु र विभिन्न व्यवसायमा संलग्न व्यवसायीहरुको उपस्थिति रहेको थियो । यूकेमा नेपाली पत्रकारितामा व्यावसायिकताको सम्भावना र चुनौती विषयक अन्तरक्रियामा व्यावसायीहरुसँग पत्रकारहरुको प्रत्यक्ष अन्तरक्रिया भएको सो कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासँघ यूके शाखाका अध्यक्ष चिरन शर्माले गरेका थिए, जसलाई महासचिव श्याम लुइंटेलले सञ्चालन गरेका थिए । व्यावासायीहरु भनिए तापनि कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेसँग सम्वन्धित व्यक्तित्वहरुलाई विविध पदअनुसार बोलाउँदै आसन ग्रहण गराइएको थियो ।

महासँघ यूके शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपांगीले प्रेस स्वतन्त्रता दिवसको बारेमा विस्तृतमा जानकारी गराउँदै वर्तमानमा नेपाली पत्रकारहरुको अवस्थाको चर्चा गरेका थिए । समाचार उपलब्ध गराउने क्रममा मारिने ज्ञात अज्ञात पत्रकारहरुको सम्झनामा मौन धारण पनि गरिएको सो कार्यक्रममा बोल्दै खपांगीले यूकेमा बसोबास गरी पत्रकारितामा संलग्नता राख्ने क्रममा पत्रकारहरुले व्यहोर्ने यहाँका आफ्नै प्रकारका असजिलाहरुको वयान गर्दै पत्रकारितामा व्यावसायिकतामा कस्तो किसिमको सम्भावना हुन सक्दछ त भन्ने जिज्ञासा उपस्थित व्यावसायीहरु त्था गैरआवासीय नेपाली संघका व्यक्तित्वहरुलाई राखेका थिए । पत्रकार रुपेश सिल्वालले आफ्नो लगभग चार मिनेटको श्रव्य प्रस्तुती त्यसपछि राखेका थिए, जसमा नेपालमा पत्रकारहरु अवस्था, प्रेस स्वतन्त्रताको थालनी आदिइत्यादि समेटिएका थिए ।

10110गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष योगेन क्षेत्री प्रमुख अतिथिका रुपमा रहेको सो कार्यक्रममा नेपाल प्रवासी संघका अध्यक्ष रामशरण सिम्खडाले यूकेस्थित नेपाली पत्रकारहरुमा सुद्धिकरण गरिनुपर्ने, पत्रकारहरुमा विविध रुपमा बाँडिएको र त्यसले गर्दा खासगरी स्थानीय नेपाली समाजको सानो दायरा भएकोले व्यावासायिक कसैले पनि सही फाइदा लिन नसक्ने तथ्य व्याख्याउँदै एउटै मिडिया हाउसभित्र पत्रकारहरु अटाउनु पर्ने आफ्नो भनाइको क्रममा बताएका थिए । अर्का व्यावसायी तथा एनआरएन आईसीसी मेम्बर तथा संस्थापक अध्यक्ष सुरेन्द्र श्रेष्ठले पनि पत्रकारहरु टीभी, रेडियो, पेपर र अनलाइन जस्ता क्षेत्रमा एउटैमा अटाउने सके व्यावसायिकतामा सम्भावना देखिने आफ्नो बोल्ने क्रममा बताएका थिए ।

वास्तवमा यूकेमा नेपाली पत्रकारहरुबीच खराब खालका पत्रकारहरु भएका र तिनले समाजलाई नै दूषित बनाएको बारे आफ्नै केही अनुभवहरुलाई खरो साथ प्रस्तुत गर्दै सबैभन्दापहिले पत्रकारले नै आफैलाई सुधार्नु पर्ने वास्तविकताको खुलासा व्यक्त गर्ने क्रममा एनआरएन यूकेका वर्तमान अध्यक्ष योगेन क्षेत्रीले व्यक्तिको मानहानी गर्नकोलागि खासगरी यूकेमा प्रेस स्वतन्त्रताको नाममा सजिलो छैन । हरेकलाई आफ्नो मानको रक्षा गर्ने अधिकार हुन्छ, सो खण्डमा पत्रकारहरुले मुद्दा जस्तो झमेलामा फँस्न सक्ने सम्भावनाहरु यूकेमा प्रशस्तै छ । त्यसैले समाजमा सकारात्मक समाचारहरु प्रवाह गर्ने, सत्यतथ्य उजागार गर्ने, लोभ र लालचमा नफँसी पत्रकारिताको धर्म पालन गर्दै लगे नेपाली पत्रकारिताका यहाँ व्यावसायिकतामा प्रशस्तै सम्भावनाहरु रहेको आफ्नो मन्तव्यमा बताएका थिए । एनआरएनयूकेका पूर्व अध्यक्ष कूल आचार्यले पनि मोटामोटी सोही हालातको व्याख्या गरेका थिए । पत्रकारितामा सम्भावनाहरु भएको तर स्तरीयतामा पुग्नको लागि पत्रकारहरुले नै चुनौतीको रुपमा त्यसलाई लिनुपर्ने उनको भनाइको सार थियो ।

1111कार्यक्रममा विज भट्ट, हिराधन राई, विश्व आदर्श पण्डित तथा पत्रकारहरु राजेन्द्र भट्ट, मिलन शर्मा, फडिन्ड्र भट्टराई र वाचस्पति रेग्मीले आआफ्ना भनाइहरु राखेका थिए । व्यावसायीहरुको जिज्ञाशाहरुलाई शान्त अध्यक्ष चिरन शर्मा, पूर्व अध्यक्ष नवीन पोखरेल र महासचिव श्याम लुंइटेलले पारेका थिए । दिउँसो एक बजे शुरु भएको सो कार्यक्रम चियापानपछि दिनको अपरान्ह समाप्त भएको थियो ।
–नीर खड्का, तस्वीर नरेन्द्र बस्नेत
Please click here to view the album.