धनुषाका होटलमा आगलागी, ८ वटा सिलिण्डर विष्फोट

धनुषाका होटलमा आगलागी, ८ वटा सिलिण्डर विष्फोट


धनुषास्थित जनकपुरधाम उपमहानगरपालिका–२ का होटलमा आगलागी भएको छ ।

स्थानीय पदम चोकमा रहेको गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएको स्थानीयबासीले जानकारी दिएका छन् । उनिहरुका अनुसार आगलागी गएराति पौन तीन बजेतीर भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट भएका छन् । सिलिण्डर विष्फोट हुँदा ३ वटा होटल जले र नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानले फ्रिजको तार सर्ट भएर आगलागी सुरु भएको हुनसक्ने देखिएको प्रहरीले जानकारी दिएको छ । होटलमा कार्यरत कर्मचारीले आगलागी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेको प्रहरीले बताएको छ । आगलागी नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिने प्रयास गरिएको थियो ।

पौने ३ बजेदेखि आगलागी सुरु भएपनि उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको एउटा दमकलको सहयोगमा बिहीबार बिहान करिब ५ बजे आगो नियन्त्रणमा आएको हो ।