यस वर्ष ढिलोगरी मनसुन भित्रियो

यस वर्ष ढिलोगरी मनसुन भित्रियो


नेपालमा यस वर्ष ढिलोगरी मनसुन भित्रिएको छ । यसबर्ष ११ दिन ढिलोगरी मनसुन सुरु भएको हो ।

पूर्वी भेगबाट मनसुन भित्रिएको भए पनि औपचारिक घोषणा भने गरिएको छैन । मौसमविद्हरूले मनसुनी हावाको प्रभाव पूर्वी भेगदेखि देशका मध्य भेगसम्म देखिन थालेको बताएका छन् ।

गत वर्ष जेठ २५ मै नेपालमा मनसुन सुरु भएको थियो । गएरातिदेखि नै पूर्वी भेगदेखि काठमाडौं उपत्यकासहित मध्य भागमा यो खालको वर्षा शुरु भएको हो । यो वर्ष मनसुन अवधिमा प्रदेश १, २, ३ र ५ मा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ ।

गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा भने यो वर्ष औसतभन्दा बढी पानी पर्ने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाकका अनुसार बिहीबार सबैजसो भागको मौसम आंशिकदेखि सामान्य बदली भई पूर्वी भेगका अधिकांस स्थान र मध्य तथा पश्चिमका केही स्थानमा पानी पर्ने सम्भावना छ ।