सर्लाहीमा प्रहरीको गोली लागी नेत्रबहादुर चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका एक नेता मारिएका छन् । सर्लाहीको लालबन्दीमा नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा नेकपाका जिल्ला इन्चार्जसमेत रहेका कुमार पौडेल मारिएका हुन् ।
गोली हानाहानमा पौडेल ढलेपछि उनीसँगै रहेका अन्य तीनजना भागेको प्रदेश २ प्रहरी कार्यालयका एसपी सन्तोष खड्काको भनाइ छ । मृतक पौडेलको साथबाट पेस्तोल र सो पेस्तोलमा लाग्ने गोली बरामद भएको प्रहरीले बताएको छ ।
घटनाको पुष्टि र मृतकको पहिचान भइसके पनि थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरीको थप टोली पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया