खेलकुदमा लगानी बढाउन आवश्यक : प्रचण्ड

खेलकुदमा लगानी बढाउन आवश्यक : प्रचण्ड


पूर्वप्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पूष्पकमल दाहालले नेपाल खेलकुदले दृष्टिकोणले निकै अगाडि रहेको बताएका छन् । कास्की जिल्लामा आयोजित बीच भलिबल प्रतियोगिता उद्घाटनको क्रममा प्रचण्डले यस्तो धारणा राखेका हुन् । उनले नेपालको वाताबरण र मौसम खेलकुदमय भएकोले खेलकुदको विकासको लागि लगानी बढाउनुपर्ने बताए ।

असार ५ गतेदेखि सञ्चालन भएको बीच भलिबल ७ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा महिलातर्फ १४ र पुरुषतर्फ १७ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनाको गरी तीन विभागीय तथा सात प्रदेशका एक–एक टिमबाट पुरुष तथा महिलाको छुट्टाछुट्टै दुई, दुई टिम गरी कुल ४० टिमले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले बताए ।

प्रतियोगितामा विजेता महिला तथा पुरुष टोलीले समान नगद ३०–३० हजार प्राप्त गर्ने छन् । त्यस्तै द्वितीय हुनेले २०–२० हजार तथा तेस्रो हुने टोलीले १०–१० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट महिला तथा पुरुष दुवै खेलाडीलाई नगद ३–३ हजारबाट पुरस्कृत गरिने छ । प्रतियोगिता तीन दिनसम्म संचालन हुनेछ ।

कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङको उपस्थिति रहेको थियो ।