प्रतिनिधिसभाको आज (१२ असार)का लागि निर्धारित बैठक स्थगित गरिएको छ । सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी सूचनामा बैठक यही असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत् तोकेको बैठक पुनः सारिएकाृ हो । यसअघि यही असार ११ गतेका लागि बैठक पूर्व निर्धारित भएकामा पहिलो सूचनामार्फत् स्थगन भएको थियो ।
चितवन भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको हो । यसरी सत्तारुढ दलको महाधिवेशनका कारण प्रतिनिधिसभाको बैठक पटक पटक स्थगन गरिएको सन्दर्भ आलोच्य विषय भएको टीकाटिप्पणी हुन थालेको छ ।
प्रतिक्रिया