फेन्सिङ संघको अध्यक्षमा सुनिलको निरन्तरता

फेन्सिङ संघको अध्यक्षमा सुनिलको निरन्तरता


नेपाल फेन्सिङ संघको दोश्रो निर्वाचन तथा साधारणसभाले सुनिलकुमार श्रेष्ठलाई पुनः अध्यक्षमा निरन्तरता प्रदान गरेको छ । राजधानीमा सम्पन्न साधारण सभाले श्रेष्ठको अध्यक्षतामा ४ वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

संघको उपाध्यक्षमा निराकारमान सिंह रेग्मी, नारायणप्रसाद पौडेल, देवेन्द्रप्रसाद श्रेष्ठ र हेल्गा राणा रायमाझी, महासचिवमा सुजनलाल श्रेष्ठ, सचिवमा अभिषेक कार्की र कोषाध्यक्षमा अनुप कपाली रहेका छन् । नवनिर्वाचित संघको बैठकले बिजय शाहीलाई संघको उपाध्यक्षमा मनोनयन गरेको छ ।

यस्तै संघका सदस्यहरुमा सतिष राम बैद्य, राजेन्द्र श्रेष्ठ, रेखमाया गुरुङ्ग, सबिन मानन्धर, प्रविण लाल नापित, रुविन मानन्धर, हरिस पन्त, ज्ञान बहादुर तामाङ्ग र सुरेन्द्र चौधरी रहेका छन् । कार्यसमितिका सदस्यहरुलाई निर्वाचन अधिकृत चन्द्रकुमार राईले पद तथा गोपनियताको सपथ गराएका थिए ।

यसअघि संघको साधारणसभाको नेपाल ओलम्पिक कमिटिकी उपाध्यक्ष ज्योती राणाले उद्घाटन गरेकी थिइन् । उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, बिश्वबिद्यालय खेलकुद संघका महासचिव पूर्णसिंह बोहरा, पत्रकार महासंघका केन्द्रिय सदस्य राधेश्याम दाहाल, बरिष्ठ खेलकुद पत्रकार श्रीबिक्रम भण्डारी लगायतको उपस्थिति रहेको थियो ।