शमीको ह्याट्रिक, अफगानिस्तानको खाता अझै खुलेन

शमीको ह्याट्रिक, अफगानिस्तानको खाता अझै खुलेन


विश्वकप २०१९ अन्तर्गत भारत र अफगानिस्तानबीच भएको खेलमा भारत विजयी भएको छ । भारतले अफगानिस्तानमाथि ११ रनले विजय हासिल गरेको हो । भारत र अफगानिस्तानबीचको खेल एकपक्षीय खेल हुने अनुमान गरे पनि उक्त खेलामा क्रिकेटले आफ्नो रङ्ग देखाएको थियो । भारतभन्दा निकै कमजोर मानिएको अफगानिस्तानले उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै विश्वकपको दाबेदार भारतलाई २ सय २४ रनमा रोकेको थियो ।

टस जितेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २४ मा समेटिएको थियो । भारतको तर्फबाट कप्तान विराट कोहली र केदार जाधवले अर्धसतकीय पारी खेलेका थिए । त्यस्तै मात्र २ सय २५ रनको विजय लक्ष्यका साथ मैदानमा उत्रिएको अफगानिस्तानले संघर्षपूर्ण खेलको प्रदर्शन गरेपनि विजय हासिल गर्न सकेन । अफगानिस्तान २ सय १३ रनमा अल आउट भएको थियो । अफगानिस्तानका लागि नबीले अर्धसतकिय पारी खेलेका थिए ।

यो विश्वकपमा पहिलो खेल खेलेका मोहम्मद शमीले अफगानिस्तानलाई पहिलो झड्का दिँदै पहिलो विकेट लिएका थिए । त्यसपछि दबाब परेको अफगानिस्तानले संघर्षमय खेलको प्रदर्शन गर्दै विजयको नजिक पुगको थियो । एक समय ७ विकेटको नोक्सानीमा २ सय १३ रन बनाएको अफगानिस्तान शमीको उत्कृष्ट बलिङको अगाडि निरह सावित भयो ।

मोहम्मद शमीले खेलको अन्तिम ओभरको तेस्रो, चौथो र पाँचौं बलमा निरन्तर विकेट लिदै ह्याट्रिक गरेपछि अफगानिस्तान अलआउट हुदै ११ रनले पराजित भएको थियो । शमीले यो खेलमा ४ विकेट लिएका थिए । शमी यो विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् ।

त्यस्तै न्युजील्यान्ड र वेष्टइन्डिजबीच भएको दोस्रो सनसनीपूर्ण खेलमा न्युजील्यान्ड विजय भएको छ । न्युजील्यान्डले वेष्टइन्डिजलाई ५ रनले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको न्युजील्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो । प्रतित्तरमा व्याटिङ गरेको वेष्टइन्डिजले ४९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय ८६ रन बनाएको थियो । यो विश्वकपमा वेष्टइन्डिजले अहिलेसम्म पाकिस्तान वाहेक अन्य कुनै पनि राष्ट्रका टीमलाई पराजित गर्न सकेको छैन ।