डाक्नेश्वरीले चुम्यो मेयर कप

डाक्नेश्वरीले चुम्यो मेयर कप


राजविराज । डाक्नेश्वरी ड्रागन्सले रोमान्चक खेलमा रुपनी राइडर्सलाई २ रनले पराजित गर्दै मेयर कप सप्तरी प्रिमियर लिग सिजन २ को उपाधि चुमेको छ ।

प.बि.मा.वि.को क्रिकेट मैदानमा डाक्नेशवरीले टस जिती पहिलो व्याटिङ गर्न ओर्लेको रुपनीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । उसको लागि सन्तोष कार्कीले सर्वाधिक १९, सोनु अन्सारीले १८, मुकेश यादवले १६ तथा हसिम अन्सारी, मेहबुब आलम र अनोज यादबले समान १४ रन बनाए । बलिङतर्फ डाक्नेश्वरीको दिपेश कंडेल, पुष्प थापा र प्रेम तामांगले २र२ विकेट लिएका थिए भने रोबिन सिंहले एक विकेट लिए ।

१ सय १६ रनको लक्ष्य लिई मैदानमा ओर्लेको डाक्नेश्वरी ड्रागनले अन्तिम बलमा ८ विकेट गुमाएर रोमान्चक जित हासिल गरेका थिए ।

जितको लागि एक समय २४ बलमा ३४ रन आवस्यक हुँदा कप्तान पुष्प थापाले ९ बलमा ३ छक्का प्रहार गर्दै २१ रन बनाएर टिमलाई जित नजिक पुर्याएका थिए । थापाको विकेटपछि खेल रोमान्चक अवस्थामा पुगेको थियो ।

डाक्नेश्वरीको जितमा ओपनर विशाल सुस्लिङले सर्वाधिक ३८ रन बनाए । यस्तै कप्तान पुष्प थापाले २१, अविनाश कर्णले २० तथा राहुल मण्डलले १५ रन बनाए । रुपनी राइडर्सको बलिङमा सैदुल्लाह अन्सारीले सर्वा्धिक ३ विकेट लिए । यस्तै अनोज यादवले २ विकेट तथा प्रदिप पासवान र मेहबुब आलमले १र१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच पुष्प थापा चुनिए।

उपाधि सहित डाक्नेश्वरीले २ लाख रुपैयाँ हात पार्यो भने उपविजेता रुपनी राइडर्सले १ लाख रुपैयाँमा चित्त बुझाएका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी डाक्नेश्वरी ड्रागन टिमका राहुल मण्डल चुनिए जसले १५ हजार रुपैयाँ पाए । यस्तै उत्कृस्ट ब्याट्सम्यान रुपनी राइडर्सका सोनु अन्सारी तथा उत्कृस्ट बलर डाक्नेश्वरी ड्रागनका रोबिन सिंह घोषित भए । उत्कृस्ट बलर र ब्याट्सम्यानले १० हजार रुपैयाँ प्राप्त गरे । रुपनी राइडर्सका अनुज यादव उदयमान खेलाडी घोषित भए जसले क्रिकेट ब्याट पुरस्कार पाएका थिए ।

समापन समारोहमा पुरस्कार वितरण राजविराज नगरपालिकाका मेयर सम्भुप्रसाद यादव, उपमेयर साधना झा, भिम दल गणपतिका प्रमुख सेनानी गुप्त बहादुर कुँवर, राजविराज नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष समिर कुमार झा, सप्तरी क्रिकेट संघका पुर्व अध्यक्ष शैलेश कुमार चौधरी लगायतले पुरस्कार ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।

राजविराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजना संचालित प्रतियोगितामा कुल ५ टोलिको सहभागी रहेका थिए ।