रुपन्देहीमा स्कुटर दुर्घटनामा एकको मृत्यु

रुपन्देहीमा स्कुटर दुर्घटनामा एकको मृत्यु


रूपन्देहीमा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको पाखापानीमा बिहीबार बिहानै भएको सडक दुर्घटनामा सैनामैना–४ शान्तिटोलका २८ वर्षीय अजित सलामी थापाको मृत्यु भएको र दुई घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए ।

दुर्घटनामा स्कुटर पछाडि सवार सैनामैना–३ बस्ने सञ्जय पटेल र विक्रम थारू घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको शाहले बताए । पश्चिमबाट बुटवल आउँदै गरेको लु.१च १५८८ नम्बरको कारमा विपरीत दिशाबाट जाँदै गरेको लु.३६प ४३१४ नम्बरको स्कुटर ठक्कर खाँदा दुर्घटना भएको हो ।