जर्मनीले तीन अर्ब चार करोड अनुदान उपलब्ध गराउने

जर्मनीले तीन अर्ब चार करोड अनुदान उपलब्ध गराउने


सङ्घीय गणतन्त्र जर्मनीले नवीकरणीय ऊर्जा, मातृशिशु स्वास्थ्य सेवा र दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई तीन अर्ब चार करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

उक्त सहायतासम्बन्धी सम्झौतापत्रमा नेपाल र जर्मनी सरकारबीच शुक्रबार हस्ताक्षर गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित जर्मनीको राजदूतावासले जनाएको छ । –रासस