‘मातृभूमिको लागि नेपाली’को प्रथम जिल्ला भेला धादिङबाट शुरु भएको छ । धर्मनिरपेक्षता खारेजी, शासन–प्रशासनको उच्च तहमा रहेका हरेकको सम्पत्ति छानबीन, जातीय आरक्षणको सट्टा सवलीकरण जस्ता मुद्दालाई प्रमुखताका साथ उठाएर अघि बढेको सो अभियानको शुक्रबार (२० असार) धादिङबेसीमा सम्पन्न प्रथम जिल्ला भेलाले राजकुमार श्रेष्ठको संयोजकत्वमा २३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । गठित समतिको सह–संयोजकमा बाबुराम अधिकारी र श्रवण त्रिपाठी रहेका छन् ।
समितिका सदस्यहरूमा क्रमशः कृष्णप्रसाद दाहाल, हरिमाया रायमाझी, लक्ष्मी श्रेष्ठ, बाबुकाजी सिलवाल, गंगादत्त तिमिल्सीना, कृष्णबहादुर अधिकारी, यज्ञबहादुर कार्की, धर्मबहादुर भण्डारी र दिलबहादुर अमात्य रहेका छन् ।
यस्तै, समितिका अन्य सदस्यहरूमा वीरबहादुर थापा क्षेत्री, गणेशकुमार श्रेष्ठ, राजु अधिकारी, शिवकुमार श्रेष्ठ, शंकर सिलवाल, प्रकाश सिंखडा, कृष्णराज अधिकारी, राजेश प्रजापती, राजु बर्तौला, कृष्णराज पाठक र ज्ञानेन्द्र कार्की लगायत रहेका छन् ।

भेलाले वरिष्ठ अधिवक्ता बिष्णुकुमार श्रेष्ठ र निलकण्ठ क्याम्पसका पुर्वप्रमुख भुपेन्द्रकुमार श्रेष्ठलाई समितिको सल्लाहकारको रुपमा चयन गरेको छ ।
‘मातृभूमिका लागि नेपाली’ केन्द्रीय परिषदका संयोजक देवप्रकाश त्रिपाठीद्वारा उदघाटित भेलामा केन्द्रिय परिषद सदस्यहरू डा. तिलक रावल, केशवप्रसाद भट्टराई, अरुणकुमार सुवेदी, डा. राजेश अहिराज, विमला थापा, सनत आचार्य लगायतको विशेष उपस्थिति रहेको थियो भने वक्ताहरूले धर्मनिरपेक्षता खारेज गरी बौद्ध, किराँत, जैनलगायत नेपाली जनताले मान्दै आएका सबै धर्म–संस्कृती र परम्पराको रक्षा किन गर्नुपर्ने, मुलुकमा सनातन वैदिक हिन्दूराष्ट्र स्थापना किन हुनुपर्ने, जातीय आरक्षणको सट्टा सवलीकरणको कार्यक्रम किन ल्याइनुपर्ने भन्ने सवालमा प्रष्ट्याएका थिए ।

देशको बोझ बनेको बर्तमान सङ्घीय संरचना खारेज गरी पूर्ण विकेन्द्रीकरणसहितको एकीकृत शासन प्रणाली हुनुपर्ने, शासन र प्रशासनको उच्च तहमा रहेका हरेकको सम्पत्ति छानबिन हुनुपर्ने लगायतका विषयमा समेत कार्यक्रमका वक्ताहरूले जोड दिएका थिए ।
‘मातृभूमिका लागि नेपाली’ धादिङका संयोजक राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शरद अधिकारीले गरेका थिए भने कार्यक्रमको उदघाटनअघि भजनकृतनसहितको ¥यालीले धादिङवेसी बजार परिक्रमा गरेको थियो ।




प्रतिक्रिया