‘नेपाल बन्द’ हल्ला मात्रै

‘नेपाल बन्द’ हल्ला मात्रै


विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी (नेकपा)ले आज असार २२ गते नेपाल बन्दको आह्वान विज्ञप्तीमार्फत गरेको विषय बाहिर आएको छ । तर प्रहरीले भने बन्द हल्ला मात्रै भएको जनाएको छ ।

विज्ञप्तीमार्फत भ्रष्टाचार, महंगी, बलत्कारी, तस्करी र गुण्डागर्दीको भण्डाफोर गरि सम्पूर्ण राजबन्दी रिहाईको माग गरिएको छ । सरकारले देशका लागि एउटा पनि राम्रो काम नगरेको भन्दै असार २२ गते बन्दको घोषणा गरिएको एउटा विज्ञप्ती बाहिरीएको थियो । नेपाल प्रहरीका अनुसार त्यो विज्ञप्ती नक्कली हुनसक्ने देखिएको छ । प्रहरीले बन्दको आधिकारीक जानकारी नभएकोले बन्द नहुने जनाएको छ ।

नेकपाले पनि आज पार्टीले कुनै बन्दको कार्यक्रम आयोजना नगरेको भन्ने अभिब्यक्ति दिएको बुझिएको छ ।