राजनीतिक अन्योलता-श्रीविक्रम भण्डारी

राजनीतिक अन्योलता-श्रीविक्रम भण्डारी


अझै मझधारमा राष्ट्रिय प्रतियोगिता
राज्य र सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्को अदूरदर्शिताले दुईपटक राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाबाट सुदूरपश्चिमले हात धुनुपरेको थियो । छैटौँ राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिममा आयोजना गरिने घोषणा गरिए पनि सीमित बजेट र भौतिक पर्ूवाधार अभावले गर्दा प्रतियोगिता र्सन पुगेको कसैबाट छिपेको छैन । त्यसपछि जसरी भए पनि सुदूरपश्चिममा छैटौँ राष्ट्रिय प्रतियोगिता गराउनुपर्छ भन्दै सुदूरपश्चिमका खेलकर्मी, राजनीतिक दल र खेलप्रेमीहरू आन्दोलनमा उत्रिएर सरकारलाई दबाब दिएका थिए । तर विडम्वना राज्यले छैटौँ राष्ट्रिय प्रतियोगिताको आयोजनाका लागि १३ करोडको बजेट विनियोजन गरे पनि १० करोड रुपैयाँ खेल आयोजनाका लागि भनेर छुट्याउँदा प्रतियोगिता अझ अन्योलमा परेको छ । भौतिक पर्ूवाधारको निर्माणका लागि ४० करोडको माग गरेको सुदूरपश्चिमले अहिले तीन करोडमा चित्त बुझाउनुपरेको छ । जुन निकै सोचनीय र गम्भीर बनेको छ ।
सुदूरपश्चिमको मान, सम्मान र प्रतिष्ठा बनेको छैटौँ राष्ट्रिय प्रतियोगितामा यसपटक भने आशाका किरणहरू देखिन थालेका छन् । राष्ट्रिय खेलकुद परिषद्को ८२औँ बोर्ड बैठकले छैटौँ बृहत् राष्ट्रिय खेलकुद सुदूरपश्चिमाञ्चलमा आयोजना गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुदमन्त्री ओनसरी र्घर्ती मगरको नेतृत्वमा गत महिना भएको उच्चस्तरीय सुदूरपश्चिम भ्रमणपछि छैटौँ राष्ट्रिय खेलकुदको उद्घाटन कैलालीको धनगढीमा र समापन कञ्चनपुरको महेन्द्रनगरमा गर्ने निर्णय गरिएको छ । आउँदो फागुनको पहिलो सातादेखि सञ्चालन हुने यो बृहत् खेलकुदका लागि अहिलेदेखि नै राखेप तयारीमा जुटेको छ । परिषद्ले हालै राष्ट्रिय खेलकुदको तयारीलाई तीव्रता दिन सुदूरपश्चिमाञ्चलमा एक सचिवालयको गठन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ । साथै परिषद्ले राष्ट्रिय खेलकुदमा व्यापक सहभागिताका लागि कलेज र विश्वविद्यालयबाट आएका प्रतिस्पर्धी खेलाडीको एक समूहलाई सहभागिता गराउन व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । जसका लागि ७५ जिल्लामा रहेका प्रशिक्षकलाई विद्यालय र कलेजमा केन्द्रित गरिने भएको छ । त्यस्तै समय र पर्ूवाधारहरूलाई मध्यनजर गर्दै छैटौँ राष्ट्रिय खेलकुद सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आयोजना गर्ने निर्णय गरेको छ ।
छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा जम्मा २४ वटा खेल समावेश गरिएको छ । जसमा आधा खेल कञ्चनपुरमा आयोजना हुनेछन् भने आधा कैलालीमा । कञ्चनपुरमा आयोजना गरिने खेलहरूमा क्रिकेट -महिला/पुरुष), हक्की, चेस -बुद्धिचाल), आर्चरी, भारोत्तोलन, शारीरिक सुगठन -बडिबिल्डिङ), कुस्ती, कबड्डी -महिला), -उसु), तेक्वान्दो, टेबलटेनिस -महिला/पुरुष) र फुटबल रहेका छन् भने कैलालीमा एथलेटिक्स, फुटबल, भलिबल -महिला), लनटेनिस, सफ्ट टेनिस, ह्यान्डबल, जुडो, कबड्डी -पुरुष), बक्सिङ, कराँते, ब्याडमिन्टन, बास्केटबल -महिला/पुरुष), जिम्न्यास्टिक, र साइक्लिङ हुनेछन् । सो कुरालाई मध्यनजर राख्दै यही भदौ १० गते ७५ जिल्लाका खेलकुद विकास समितिका अध्यक्षहरू, क्षेत्रीय समितिका पदाधिकारीहरू -अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष) र राष्ट्रिय खेल सङ्घका अध्यक्ष तथा महासचिवहरू सम्मिलित बृहत् अन्तरक्रिया कार्यक्रम काठमाडौंमा आयोजना गरिने भएको छ ।
खेलकुदमन्त्री ओनसरी र्घर्ती मगरले छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुदूरपश्चिममा गर्ने प्रतिबद्धता जाहेर गरे पनि मुलुकमा देखिएको राजनीतिक अन्योलले गर्दा राष्ट्रिय प्रतियोगितामाथि मडारिरहेको काला बादल अझै छाँटिन सकेका छैनन् । राष्ट्रिय प्रतियोगिता हुन्छ या हुँदैन त्यसै भन्न सकिने अवस्थामा छैन । एक पार्टीको निर्णयले राष्ट्रिय प्रतियोगिताको सफल आयोजन असम्भव भएकोले सबैको सहकार्य र सहयोग त्यत्तिकै आवश्यक देखिएको छ । तर्सथ सरकारले छुट्याएको बजेटसँगै राखेपले कदम अघि बढाए पनि त्यसले सफलताको मर्ूतरूप लिन सक्ने कुरामा अहिल्यै विश्वास गर्न सकिने अवस्था छैन । अझ विभिन्न राजनीतक दलहरूले सस्तो लोकप्रियताका लागि माओवादीले हतासमा उठाएको कदमको आरोप लगाएपछि यो प्रतियोगितामाथि शङ्का-उपशङ्का उत्पन्न भएको छ । जसले गर्दा पुनः प्रतियोगिता सर्‍यो या हुन सकेन भने अन्यथा मान्नुपर्ने छैन । यदि राष्ट्रिय मुद्दा राजनीतिक दलहरूको मुद्दा बन्यो र राष्ट्रिय प्रतियोगितामा राजनीति छिर्‍यो भने भोलि यो प्रतियोगिता खेलकुद प्रतियोगिता नभई राजनीतिक प्रतियोगिता नबन्ला भन्न सकिँदैन । तर्सथ राष्ट्रिय प्रतियोगिताको मुद्दामा मुलुकमा जस्तोसुकै परिवर्तन भए पनि सवै राजनीतिक दलहरूको धारणा एउटै हुनुपर्ने आजको आवश्यकता भइसकेको छ । जुन निस्वार्थ भावनाले सबैले पालना गर्नुपर्छ ।
छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनको पहिलो सातामा आयोजना गरिने कुरा राखेपले जनाएको छ । ६ महिना मात्र बाँकी रहेको अवस्थामा राष्ट्रिय प्रतियोगिता केका लागि आयोजना गरिन लागेको हो ? त्यसले आफ्नो औचित्य पूरा गर्न सक्छ कि सक्तैन त्यो अहिले चिन्ताको विषय बनेको छ । आयोजना गर्नका लागि मात्र आयोजना गर्न लागिएको हो भने त ठीकै छ अन्यथा यो प्रतियोगिता उपलब्धिहीन हुने ठोकुवा गर्न सकिन्छ । सरकारले छुट्याएको तीन करोडको बजेट केका लागि भन्ने कुराको प्रस्ट जवाफ नआइसकेको र थप बजेटका लागि सरकारको भूमिका कस्तो हुन्छ त्यो प्रस्ट नहुन्जेलसम्म जसले जस्तोसुकै कुरा गरे पनि राष्ट्रिय प्रतियोगिता हुन्छ भनेर पत्याउन सकिने अवस्था छैन । तर्सथ काम गर्दै जाऊ भनेर मात्र नपुग्ने र सरकारले राष्ट्रिय प्रतियोगिताका लागि गम्भीर भएर निर्णय गर्नुपर्ने बेला भइसकेको छ । जबसम्म राज्यले यो प्रतियोगितालाई प्राथमिकताको सूचीमा राखेर विशेष बजेटको व्यवस्था गर्दैन तबसम्म राष्ट्रिय प्रतियोगिता वीरबलकै खिचडीजस्तै नहोला भन्न सकिँदैन ।
छैटौँ राष्ट्रिय प्रतियोगिताको बारेमा माओवादी नेता लेखराज भट्टले आफ्नो धारणा यसरी राखेका थिए । उनले पहिले पर्ूवाधार तयार थिएन, राज्य तयार थिएन, त्यसैले प्रतियोगिता सारिएको र अहिले पनि त्यो सम्भावना कायमै रहेको बताए । र पनि नेपालको परिवर्तनका लागि राष्ट्रिय प्रतियोगिता हुन आवश्यक छ भन्दै पहिले पाएको बजेटले काम अगाडि बढाउँदा बुद्धिमानी हुने बताएका थिए । नेता भट्टले काठमाडौंमा आयोजना भएको पाँचौँ राष्ट्रिय प्रतियोगिताका लागि आफ्नो पार्टीले २५ करोड दिएको संस्मरण गराउँदै कामको मूल्याङ्कनपछि सबै सम्भव हुने बताएका थिए । त्यस्तै नेपाली काङ्ग्रेसका नेता रमेश लेखकले कार्यान्वयन पक्ष नै सबैभन्दा महत्त्वपूर्ण भएकोले पहिले काम अगाडि बढाउन सुझाव दिएका थिए । नेता लेखकले बजेट पास गर्ने क्रममा बजेट थप गर्न सकिने भन्दै बजेट भन्दाभन्दै प्रतियोगितालाई खतरामा नपार्न अनुरोधसमेत गरेका थिए । राज्यले निर्णय गरिसकेको अवस्थामा राज्यप्रति अविश्वास प्रकट गर्नुभन्दा कार्यान्वयन पक्षलाई जोड दिन सके सबैको कल्याण हुने प्रस्ट पारेको थिए । त्यस्तै सुदूरपश्चिमका अर्का नेता गोविन्दबहादुर शाहले यो ठूलो अवसर हो, यसलाई गुम्न दिनुहुँदैन भन्दै बजेट-बजेट भनेर कराउनुभन्दा पाएकोलाई सदुपयोग गर्न सिक्नुपर्‍यो भनेका थिए । शाहले प्रतियोगिताबारे सकारात्मक दृष्टिकोणले हर्ेन आग्रह गर्दै नमुनाको रूपमा प्रस्तुत हुन सल्लाह दिएका थिए ।

श्रेयालाई एघार स्वर्ण
एघारौँ ग्यालेक्सी कप उमेर समूह तथा खुला पौडी प्रतियोगिताको समग्रमा श्रेया धितालले एक कर्ीर्तिमानी स्वर्णसहित कुल ११ स्वर्ण र दुई रजत जितेकी छिन् । पहिलो दिन ६ स्वर्ण र एक रजत जितेकी लिङ्कनकी श्रेयाले प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन पाँच स्वर्ण र एक रजत हात पारेकी थिइन् । श्रेयाले महिला खुलातर्फ तीन स्वर्ण र एक रजत तथा उमेर समूहमा तीन स्वर्ण जितेकी थिइन् । दोस्रो दिन पनि श्रेयाले खुलामा थप तीन स्वर्ण र एक रजत आफ्नो नाममा लेखाइन् भने उमेर समूहमा श्रेयाको नाममा दुई स्वर्ण रहे । सातदोबाटोस्थित पौडीपोखरीमा भएको खुलातर्फ महिलाको दुई सय मिटर व्यक्तिगत मिड्लेमा ३ मिनेट १६ः३५ सेकेन्ड, ५० मिटर फि्रस्टाइलमा ३३ः२८ सेकेन्ड तथा ५० मिटर ब्याकस्ट्रोकमा ४१ः८५ सेकेन्ड समय खर्चंदै श्रेया शीर्ष स्थानमा रहेकी थिइन् । खुलातर्फ महिलाको सय मिटर ब्रेस्टस्ट्रोकमा भने श्रेया चुकिन् । उक्त स्पर्धामा १ मिनेट ४०ः३५ सेकेन्ड समयमा दूरी तय गर्दै सोनिरा विष्टले बाजी मारेकी थिइन् । ओशिना भारती तेस्रो भइन् ।
श्रेयाले उमेर समूहतर्फ १५ देखि १७ वर्षको गर्ल्स ५० मिटर ब्रेस्टस्ट्रोक र सोही दूरीको ब्याकस्ट्रोकमा पहिलो स्थान हासिल गरेकी थिइन् । पुरुष खुलातर्फ दुई सय मिटर व्यक्तिगत मिड्ले, सय मिटर ब्रेस्टस्ट्रोक तथा सय मिटर बटरफ्लाईमा सैलेश राणाले स्वर्ण जित्दै व्यक्तिगत स्वर्ण सङ्ख्या पाँच पुर्‍याएका थिए । पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा पुष्पराज शाही ३४ः०३ सेकेन्ड समयसाथ पहिलो भए । प्रसिद्धजंग शाह दोस्रो तथा दिलीप थापामगर तेस्रो भए । पुरुषको ५० मिटर फि्रस्टाइलमा २७ सेकेन्ड समय निकाल्दै ओलम्पियन प्रसिद्धजंग शाहले शीर्ष स्थान हात पारे । दिलीप थापामगर दोस्रो तथा सैलेश राणा तेस्रो स्थानमा रहे । उमेर समूहमा लिटिलएन्जल्स स्कुलले कुल ६७ अङ्क बटुल्दै टिम च्याम्पियनको उपाधि जितको थियो ।
समान ४०-४० अङ्कमा लिङ्कन दोस्रो भयो भने गोल्डेनगेटले तेस्रो स्थानमा चित्त बुझाएको थियो ।

सोनाक्षी कप टेबलटेनिस नविता र अजय च्याम्पियन
‘सोनाक्षी कप’ राष्ट्रिय लिग टेबुलटेनिस र्‍याङ्किङ प्रतियोगिताको उपाधि नेपाल प्रहरीका राष्ट्रिय च्याम्पियन एवम् शीर्ष बरियताकी नविता श्रेष्ठ तथा दोस्रो बरियताका अजय सुवालले जितेका छन् । प्रतियोगिताको अन्तिम खेलमा नविताले प्रहरीकै स्वेच्छा नेम्वाङलाई सोझो सेटमा ११-५, ११-८ र ११-३ ले पराजित गर्दै अपराजित रहेकी थिइन् । प्रतियोगितामा एक्ली अपराजित खेलाडी रहेकी नविताले १९ खेलमध्ये सबैमा जित हासिल गर्दै ३८ अङ्क बटुलेकी थिइन् । महिलातर्फ काठमाडौंकी रेणुका खत्री दोस्रो र स्वेच्छा तेस्रो भए । त्यस्तै पुरुषतर्फ अजयले १९ मध्ये १८ खेलमा जित हासिल गर्दै ३६ अङ्कका साथ पहिलो स्थानमा रहेका थिए । अन्तिम दिन तीन खेल खेलेका अजयले पहिलो बरियता एवम् राष्ट्रिय च्याम्पियन लिटिल एन्जल्सका शिवसुन्दर गोथेलाई ११-८, ११-६, ६-११ र ११-६ ले पराजित गरेका थिए । उपाधिसँगै अजय शीर्ष स्थानमा उक्लिए । प्रतियोगितामा तीन खेल गुमाएका शिव ३२ अङ्कसाथ दोस्रो स्थानमा झरेका थिए । एनआरटीका पुरुषोत्तम बज्रचार्यले तेस्रो स्थान हात पारे ।
उपाधिसँगै पहिलो स्थान हात पार्नेले १५-१५ हजार र जी-फाइभ मोबाइल सेट प्राप्त गरेका थिए । नविताले काठमाडौं-बैंकक-काठमाडौंको हवाई टिकट पनि प्राप्त गरिन् । कतार एयरलाइन्सका कमल श्रेष्ठले अन्तरएयरलाइन्स प्रतियोगितामा पुरस्कारस्वरूप प्राप्त गरेको उक्त टिकट नवितालाई प्रदान गरेका हुन् । दोस्रोले आठ हजार तथा तेस्रो र चौथो हुने क्रमशः ५-५ हजार प्राप्त गरेका थिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालगायतले पुरस्कृत गर्नुभएको थियो । सो अवसरमा बंगलादेशमा भएको ११औँ दक्षिण एसियाली खेलकुदको एकल स्पर्धामा कास्य पदक जितेकी टेबुलटेनिसकी मुना वासुकलालाई अखिल नेपाल लनटेनिस सङ्घ र आइकोर फिल्मस्ले १५-१५ हजार नगदसहित सम्मान गरेको थियो । त्यस्तै प्रतियोगिताको मुख्य प्रायोजक सोनाक्षी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट प्रालिलाई आयोजक सङ्घले सम्मानपत्र प्रदान गरी सम्मान गरेको थियो ।

खुला रेटिङ चेस टर्ुनामेन्ट हुने
यही भदौ १२ देखि १७ गतेसम्म इन्द्रचोक क्लब खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता आयोजना गरिने भएको छ । स्विस लिग प्रणालीअनुसार नौ राउण्डको खेल हुने यस प्रतियोगितामा कुल ५१ हजार नगद पुरस्कार रहेको छ । जसमध्ये विजेताले ११ हजार, दोस्रोले आठ हजार र तेस्रोले ६ हजार, चौथौले पाँच हजार, पाँचौंले चार हजार, छैटौँले तीन हजार, सातौँले दुई हजार र आठौँदेखि दशौँले जनही एक हजार पाँच सय प्राप्त गर्नेछन् । त्यस्तै अनरेटेडहरूमध्ये उत्कृष्ट पहिलोलाई दुई हजार र दोस्रोलाई एक हजार पाँच सय, स्थानीय उत्कृष्ट खेलाडीलाई दुई हजार पाँच सय, ५० वर्षमाथिका भेट्रानलाई नगद एक हजार पाँच सय प्रदान गरिनेछ । साथै उत्कृष्ट दश विजेता खेलाडीलाई आकर्षक सिल्ड पनि प्रदान गरिनेछ ।
विश्व बुद्धिचाल महासङ्घ फिडे र नेपाल बुद्धिचाल सङ्घको स्वीकृतिमा अन्तर्राष्ट्रिय मान्यताको रेटिङसहित आयोजना हुन लागेको यस प्रतियोगितामा काठमाडौं उपत्यकाबाहिरबाट सहभागी हुने खेलाडीका लागि निःशुल्क आवासको व्यवस्था गरिएको कुरा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक एवम् पूर्वनेपाल च्याम्पियन पुण्यमान कर्माचार्यले बताउनुभयो । त्यस्तै प्रतियोगिता सञ्चालनार्थ अनुमानित दुई लाख एक हजार रुपैयाँ खर्च हुने र सो खर्च क्लबले नै व्यहोर्ने आयोजक क्लबका अध्यक्ष कृष्णमान सिंहले बताए । साथै उनले यस प्रतियोगितापश्चात् क्लबले नियमित अभ्यास एवम् प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने बताए ।

स्क्वासमा बाबुछोरीको वर्चश्व
तेस्रो एनएसआरए खुला स्क्वास च्याम्पियनसिपको पुरुष एकलमा शीर्ष बरियताका हीराबहादुर थापा लगातार तेस्रोपटक च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको फाइनलमा हीराले सुरेश गुरुङको चुनौती १३-११, ११-४ र ११-९ ले समाप्त पार्दै उपाधिमाथि ह्याटि्रक गरेका थिए । नेपाल स्क्वास एन्ड र्‍याकेट्स सङ्घद्वारा आयोजित प्रतियोगिताको ४० वर्षमाथि भेट्रान्सको पुरुष एकलमा मनोजबहादुर श्रेष्ठले फाइनलमा राजेन्द्रभक्त श्रेष्ठलाई पराजित गरेका थिए । त्यस्तै पुरुष एकलको प्लेटतर्फ गौरव कटवाल पहिलो भएका थिए । उनले भूषणक ृष्ण श्रेष्ठलाई फाइनलमा पाखा लगाएका थिए । यसअघि हीराकी छोरी कृष्णाले महिला एकलमा स्वर्ण जितेकी थिइन् । पाँच खेलाडी सहभागी महिलाको राउन्ड रविन लिगमा कृष्ण अपराजित रहेकी थिइन् । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा सदस्यसचिव लामाले जुनियर खेलाडीमा केन्द्रित कार्यक्रममा सङ्घले ध्यान दिनुपर्नेमा समेत जोड दिएका थिए । उक्त प्रतियोगितामा पुरुष एकलमा २३, महिला एकलमा पाँच तथा ४० वर्षमाथिको भेट्रान्स पुरुष एकलमा १६ प्रतिस्पर्धी सहभागी थिए ।