लण्डन । फार्नबोरोह कम्युनिटि हलमा हिजो शनिबार क्षेत्री समाज यूकेले आफ्नो चौंथो अधिवेशन सम्पन्न गरेको छ । समाजका अध्यक्ष भीम बानियाँको अध्यक्षतामा बसेको सो कार्यक्रममा कुनै अन्य संघसंस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थिएन । प्रकाश रावतले हेल्थ एण्ड सेफ्टीको बारेमा बताएपछि समाजका उपाध्यक्षले उपस्थित क्षेत्री सहभागीहरुलाई स्वागत गरेका थिए जसको लगत्तै समाजका संरक्षक ध्रुव के.सी.ले आफ्नो मन्तव्य दिएका थिए ।
कार्यक्रममा उत्तम के.सी.ले फार्नबोरोहस्थित क्षेत्री समाजका शाखाको तर्फबाट आफ्नो मन्तव्य राखेपछि अध्यक्ष बानियाले समाजमा आफ्नो कार्यकालको बारेमा, अप्ठ्यारा अनि असजिला कार्यहरु र त्यसलाई पार गर्ने क्रममा आफूले भोगेका अनुभवहरुको बारेमा बिस्तृतमा आफ्नो मन्तव्यमा बताएका थिए । त्यसपछि समाजका महासचिव राजन कुमार क्षेत्रीले र कोषाध्यक्ष धन बहादुर कुँवरले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए जुन तुरुन्तै पारित भएका थिए ।
साधाराण सदस्यहरुबाट उठेका कतिपय जिज्ञाशाहरुलाई शान्त गर्ने क्रममा महासचिव क्षेत्री र अध्यक्ष बानिया अगाडि आएका थिए । मुख्यतः नेपालका कुनै पनि राजनीतिक पार्टीलगायत नेपालका क्षेत्री समाजको पनि अधीनमा क्षेत्री समाज यूके नरहेको अनि नेपाली त्यस्ता कुनै संघसंस्थामा पदीय कार्यभार सम्हालिरहेका व्यक्तिहरु समाजमा उमेदबारी दिन नसक्ने आदि जानकारीहरु प्रकाशमा आइसकेपछि महासचिव राजन कुमार क्षेत्रीले आफ्नो कार्यकालमा आफूले पाएका सहयोगको लागि सबैलाई धन्यवाद दिएर माइक कार्यक्रमका अध्यक्ष भीम बानियालाई हसन्तरण गरेका थिए भने लगत्तै अध्यक्ष बानियाले पनि खासगरी आफ्नो कार्यकालमा विशेष गरी आफूलाई विशेष सहयोग गर्ने व्यक्तिहरुका नाम लिने क्रममा संरक्षक ध्रुव के.सी., महासचिव राजन कुमार क्षेत्री तथा पुस्तक प्रकाशनको क्रममा गोविन्द महत र प्रकाश के.सी.को नाम लिँदै आफ्नो कार्यकालमा सबै अन्य सहयोगीहरुलाई धन्यवाद दिएर चौंथो अधिवेशनको लागि डा. रामकुमार अधिकारीको संयोजकत्वमा कृष्ण बहादुर अधिकारी र प्रकाश रावतको नाम निर्वाचन मण्डलीको रुपमा लिएर माइक डा. राम कुमार अधिकारीलाई हस्तानतरण गरी आफ्नो कार्यकालको कार्यकारी समितिलार्य भंग गरेका थिए ।
डा. राम कुमार अधिकारीको संयोजकत्वमा रहेको निर्वाचन मण्डलीले चौंथो कार्यकारी समिति निर्विरोध रुपमा तयार गरेको थियो जसमा अध्यक्षमा प्रेम खड्का, उपाध्यक्षमा धन बहादुर कुँवर, महासचिवमा टेक जी.सी., कोषाध्यक्षमा भाइराजा थापा, सहसचिवमा यज्ञ क्षेत्री, सहकोषाध्यक्षमा गोविन्द महत, महिला संयोजकमा अनिता के.सी., जनसम्पर्क सचिवमा दिल बहादुर जी.सी., साँस्कृतिक सचिवमा सेरिका जी.सी.लगायत सदस्यहरुमा दीर्घ के.सी., प्रतिमा के.सी., अम्बर बहादुर भण्डारी, भरत रोक्का क्षेत्री, तेज रानाभाट, सुरज खड्का, महेन्द्र कुँवर, यज्ञ भण्डारी, नरेन्द्र बस्नेत, जीत बहादुर रानाभाट, चन्द्र बहादुर कार्की र श्रद्धा थापा चुनिएका छन्, जसलाई निर्वाचन संयोजक डा. राम कुमार अधिकारीले समथ खुवाएका थिए ।
–नीर खड्का, तस्वीर नरेन्द्र बस्नेत
वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया