नेपाल भ्रमणमा रहेको बङ्गलादेशको प्रतिरक्षा बल(एनडिएफ)ले नेतृत्व गरेको सैनिक टोलीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय शान्ति र सुरक्षा तथा आतङ्वाद विरुद्धका साझा मुद्दामा सहकार्य गरेर जान सकिने बताउँदै भ्रमण टोलीको नेपाल बसाइ सुखद् होस् भन्ने कामना गरेको उनका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए ।
भ्रमण टोलीमा बङ्गलादेशका नेशनल डिफेन्स कलेजमा अध्ययनरत् १६ देशका सैनिक सहभागी रहेको जनाइएको छ ।
प्रतिक्रिया