टी–२० मा मलेसियाविरुद्ध नेपालको शानदार जित भएको छ । ज्ञानेन्द्र मल्लले कप्तानी इनिङ खेलेपछि नेपालले मलेसियालाई सिंगापुरमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गतको एसिया फाइनलमा सजिलै पराजित गरेको हो ।
वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टाएको थियो ।
आठौं ओभरको अन्तिम बलमा छक्का हान्दै नेपाललाई जिताएका विनोद भण्डारी १३ रनमा अविजित रहे ।
नेपालको जितमा मल्लले अर्धशतक बनाए । आक्रामक पारी खेलेका उनले २१ बलको सामना गरेका उनले ५ चौका र ३ छक्काको मदतमा ५१ रन बनाए ।
टस हारेर ब्यटिङ गर्न पाएको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन जोडेको थियो ।
उसका सफिक शरीफले १५ बलमा ३० रन बनाए ।
भिरनदीप सिंहले २१ रन जोडे पनि अन्य ब्याट्सम्यान चलेनन् ।
सोमपाल कामीले ३ विकेट लिए । यस्तै, बसन्त रेग्मीले २ विकेट आफ्नो पक्षमा पार्न सफल भए ।
प्रतिक्रिया