राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले नेपाली बक्सिङको स्तर खस्किनुको कारण खोज्ने बेला भएको बताएका छन् । नेपाल बक्सिङ संघले आयोजना गरेको स्वागत कार्यक्रममा सिलवालले बक्सिङको स्तर खस्किनुको कारण खोज्न सम्बद्ध सबैसँग आग्रह गरेका हुन् ।
‘नेपाली बक्सिङ कुनैबेला दक्षिण एशियाको ‘शक्ति केन्द्र’बनेको थियो किन खस्कियो ? राखेप, संघ, खेलाडी– दोषी को ? अब यो खोजिनु पर्छ’, सदस्य–सचिव सिलवालले भने ।
नेपालभन्दा सानो मुलुक क्युवाले बक्सिङ खेलमा तहल्का मचाएकोे उदाहरण दिँदै उनले भने– ‘हामी गोर्खाली हौँ, बक्सिङमा राम्रो गर्न सक्छौँ । सानो देश क्युवाले ओलम्पिकमा मेडल ल्याउन सक्छ, नेपालले किन सक्दैन ? पदक जित्ने बानी भएपछि गोर्खाली हौँ ह्याकुुलाले मिचर पनि ल्याइन्छ । नतिजामुखी भएर लाग्नुस् राखेपको सहयोग सदैव रहन्छ ।’
बक्सिङ संघमा केही समस्या छन्, राखेप खेलकुद विवादरहित बनाउन लागिपरेको छ, यसमा गौरवपूर्ण इतिहास बोकेको बक्सिङ एक भएर अगाडि बढ्नु पर्छ, पछिल्लो समय बक्सिङ राम्रो हुँदै गएको छ, अब यतिले पुग्दैन । बक्सिङको लागि के सहयोग गर्नुपर्छ, राखेप सधैं तयार छ सिलवालले भने ।
प्रतिक्रिया