‘रअ’ प्रमुख आउँदा राजधानीमा तहल्का !

‘रअ’ प्रमुख आउँदा राजधानीमा तहल्का !


भारतको बहुचर्चित गुप्तचर संस्था ‘रअ’का नवनियुक्त प्रमुख समन्त गोयल नेपाल भ्रमणमा आएको समाचारले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ । सत्तारुढ दलभित्र एकप्रकारको सत्ता सङ्घर्ष शुरु भएको बेला ‘रअ’ प्रमुखको आगमनलाई लिएर यहाँ अनेकौँ अडकलबाजी शुरु भएका छन् ।

‘रअ’ प्रमुख समन्तको अप्रत्यासित नेपाल आगमन कुन उद्देश्यका निम्ति भएको थियो, त्यसबारे औपचारिक जानकारी हुन सकेको छैन । तर उनले नेपालमा रहँदा उच्च राजनीतिक तहमा केही बैठकहरू सम्पन्न गरेका थिए ।

गत शनिबार (४ साउन) सहयोगीहरू सहित काठमाडौं उत्रिएका ‘रअ’ प्रमुख गोयल सोमबार नयाँदिल्ली फर्किसकेका छन् । उनी दिल्ली फर्किए पनि काठमाडौंमा उनको आगमनको चर्चा तत्काल सेलाउने स्थिति छैन ।

गोयलले काठमाडौंमा रहँदा नेकपाका सहअध्यक्ष प्रचण्ड र काङ्ग्रेस सभापति शेरबहादुर देउवासँगै निवासमै पुगेर भेटवार्ता गरेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि गोयलको भेटवार्ता भएको चर्चा राजधानीमा निकै चल्यो ।

गत आइतबार निजी गाडीमा प्रधानमन्त्री निवास बालुवाटार पुगेर ‘रअ’ प्रमुख समन्त गोयलले केपी ओलीसँग भेटवार्ता गरेका थिए । तर प्रधानमन्त्री ओलीले ‘रअ’ प्रमुखलाई भेट्न नचाहेको बालुवाटार सूत्रले बताएको छ ।

सूत्रका अनुसार समन्तका तर्फबाट प्रधानमन्त्रीसमक्ष भेटका लागि प्रस्ताव जाँदा ओलीले ‘अहिले यसप्रकारका भेटघाट आवश्यक नरहेको’ भन्दै भेट गर्न अस्वीकार गरेका थिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले घटना र विचारसँग भने– ‘रअ प्रमुखसँग प्रधानमन्त्रीले भेटेका छैनन् र भेट गर्नुपर्ने आवश्यकता पनि होइन । भेट भयो भनेर गलत ढङ्गले प्रचार भइरहेको छ । यो हल्ला चर्चामा कुनै सत्यता छैन ।’

प्रचण्डसँग ‘रअ’ प्रमुखको गुप्त वार्तालाप सार्वजनिक भएपछि प्रचण्डले नै ‘केपी ओलीसँग पनि भेटवार्ता भएको थियो’ भन्ने प्रचार गराएको बालुवाटारले ठानेको छ ।

गोयल आफू प्रमुख बनेको एक महिना नबित्दै नेपाल आउनु र प्रमुख नेताहरूसँग लामो भेटवार्ता गर्नुलाई यहाँ विभिन्न दृष्टिकोणबाट हेरिएको छ । कतिपयले प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयसँग समेत गोयलको भ्रमणलाई जोडेका छन् । क्रान्तिकारी प्रचण्ड विगतमा भारतका निम्ति ‘कम्फर्टेवल’ पात्र रहँदै आएका थिए ।

२०६३ सालको राजनीतिक परिवर्तनयता नेपालमा मित्रराष्ट्रका अधिकारी तथा नेताहरूको औपचारिक तथा अनौपचारिक आवागमनमा भारी वृद्धि भएको छ । खासगरी अमेरिका, युरोप, भारत र चीनका प्रतिनिधिहरूको आउजाउ यस अवधिमा बढेको छ । पछिल्ला तीन वर्षभित्र भारतीय अधिकारीहरूको नेपाल आगमनमा ज्यादै कमी आएको थियो । संविधान घोषणा (२०७२ असोज) भएयता भारतले नेपालमा चासो नघटाए पनि आवागमन स्वात्तै घटाएको थियो ।

पाकिस्तानबारे राम्रो जानकार मानिएका गोयल आफू प्रमुख बनेको एक महिना नबित्दै नेपाल आउनु र प्रमुख नेताहरूसँग लामो भेटवार्ता गर्नुलाई यहाँ विभिन्न दृष्टिकोणबाट हेरिएको छ । कतिपयले प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयसँग समेत गोयलको भ्रमणलाई जोडेका छन् । क्रान्तिकारी प्रचण्ड विगतमा भारतका निम्ति ‘कम्फर्टेवल’ पात्र रहँदै आएका थिए ।

नरेन्द्र मोदी नेतृत्वमा भारतीय जनता पार्टीको सरकार गठन भएयता नेपालका कम्युनिष्ट र काङ्ग्रेस नेताहरूसँग हार्दिकतापूर्ण सम्बन्ध स्थापित हुन सकेको छैन । तथापि, नेपाली राजनीतिमा विदेशी भूमिकालाई राम्ररी बुझेका प्रचण्डले केपी ओलीलाई विस्थापित गरेर आफू प्रधानमन्त्री बन्न कसरत गरिरहेका बेला ‘रअ’ प्रमुखसँग प्रचण्डको भेट रहश्यमयी बन्न पुगेको छ ।