मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देशी जिल्ला कमिटी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी तिलोत्तमा नगर कमिटी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी सैनामैना नगर कमिटी, मदन भण्डारी कला साहित्य प्रतिष्ठान प्रदेश कमिटी प्रदेश ५, मदन भण्डारी फाउन्डेसन बुटवल उप महानगरपालिका कमिटी र मणि मुकुन्द भलिबल क्लब, रुपेन्देहीले राखेपको सदस्यसचिवमा नियुक्त भएकोमा सिलवाललाई बधाइ तथा कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका छन् ।
खेलकुदलाई नजिकबाट बुझेको र खेलकुदलाई माया गर्ने व्यक्ति सदस्यसचिवमा सदस्यसचिवमा नियुक्त हुनु खेलकुदसंग सम्बन्धित सबैका लागि खुशी र गर्वको विषय भएको आयोजकको भनाइ थियो ।
सो अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सदस्यसचिव सिलवालबीच भेटघाट तथा छलफल भएको थियो । प्रदेश ५ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद, नेपालमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग), नवौं राष्ट्रिय खेलकुद, प्रदेश रंगशालाका विषयमा दुई पक्षबीच छलफल भएको बताइएको छ ।
मुख्यमन्त्री पोखरेलले संघीयतामा खेलकुदलाई कसरी लैजाने लगायतका विषयमा कुरा गर्न आवश्यक रहेका बताए भने सदस्यसचिव सिलवालले संरक्षण र सुरक्षाको दृष्टिकोणले आठौं राष्ट्रिय खेलकुदका लागि बनेका पूर्वाधार प्रतियोगिता सम्पन्न भएपछि प्रदेश सरकारलाई हस्तान्तरण गर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया