आफ्नो व्यवसायिक दैनिकीका अलावा खेलकुद लगायतका विभिन्न सामाजिक क्रियाकलापसँग विशेष रुपले जोडिँदै आउनुभएका राजेशबाबु श्रेष्ठ नेपालको व्यवसायिक वृत्तमा सुपरिचित नाम हो । विभिन्न सामाजिक संघ-संस्थामा आवद्धता जनाउनुभएका राजेशबाबु नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको अध्यक्ष हुनुहुन्छ । यही नाताले उहाँले हालै काठमाडौंमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा विजयी नेपाली खेलाडीलाई व्यक्तिगत तर्फबाट नगदसहित सम्मान गर्ने घोषणा गर्नुभएको छ ।
नेपालमा आयोजना भएको १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा पदक विजेता खेलाडीलाई श्रेष्ठले नगदसहित सम्मानित गर्ने उदघोष गर्नुभएको हो । च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ७ रजत र ६ कास्य पदक जितेको थियो ।
राजेशबाबुले स्वर्ण विजेतालाई ५० हजार, रजत विजेतालाई ३० हजार र कास्य विजेतालाई २० हजारका दरले सम्मानित गर्दैहुनुहुन्छ । व्यवसायी श्रेष्ठकोे यस कदमबाट नेपाली खेलाडीहरुमा आ-आफ्नो खेल विधामा उत्कृष्टता हासिल गरेर देशको नाम उच्च पार्ने प्रेरणा जागृत भएको सम्बद्ध क्षेत्रमा चर्चा छ ।
प्रतिक्रिया