नेकपा (विप्लव)का कास्की सेक्रेटरी विक पक्राउ

नेकपा (विप्लव)का कास्की सेक्रेटरी विक पक्राउ


नेपाल कम्युनिस्ट पार्टी (विप्लव) कास्कीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला सेक्रेटरी सुजन विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई सो समूहले कास्कीको नेतृत्व गर्ने गरी केही दिनअघि मात्र खटाएको बुझिएको छ । विकले आफू लडाकु कमान्डर भएको बताउँदै धम्की दिँदै हिँड्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

पक्राय परेका विकका साथबाट केही थान मोबाइल सेटसमेत फेला परेको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।