सर्मनाक पराजयसँगै विश्वकपबाट बाहिरियो नेपाल

सर्मनाक पराजयसँगै विश्वकपबाट बाहिरियो नेपाल


सिङ्गापुरसँग सर्मनाक पराजय भोगेपछि नेपालको टी–२० विश्वकप खेल्ने सपना समाप्त भएको छ । नेपालको लागि सिङ्गापुरविरुद्धको खेल गर कि मरको अवस्थामा थियो । तर नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्न सकेन । सिङ्गापुर जस्तो कमजोर टीमसँग ८२ रनले पराजित हुन पुग्यो ।

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरले पहिलो ब्याटिङ गर्दै १ सय ९१ बनाएको थियो । सिङ्गापुरले उक्त योगफल ६ विकेटको क्षतिमा बनाएको थियो । प्रतिउत्तरमा व्याटिङ गरेको नेपाली टीम १५ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटिएको थियो ।

नेपालको तर्फवाट अविनास बोहराले कसिलो बलिङ गर्दै ४ विकेट लिए पनि मध्यक्रमका व्याट्सम्यान चल्न नसक्दा नेपालले सर्मनाक पराजय भोग्नु परेको थियो । निर्णायक खेलमा चर्चित स्पीनर सन्दीप लामिछाने निकै महङ्गा सावित भए । साथै उनले एउटा विकेट पनि लिन सकेनन् । पहिलो खेलमा कतारसँग अप्रत्यासित हार बेहोरेको नेपालले त्यसयता मलेसिया र कुवेतलाई पराजित गरेको थियो ।

नेपाललाई पराजित गरेपछि सिंगापुरले अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएको छ । ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ टोलीले २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउने छ ।