राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रचार प्रसार शाखाको प्रमुखको जिम्मेवारी दुर्गाप्रसाद दुलाललाई दिइएको छ । २०७६ साल साउन १४ गतेको सदस्यसचिवस्तरीय निर्णयानुसार दुलाईलाई प्रमुखको जिम्मेवारी सुम्पिएको हो ।
राखेपअन्तर्गत प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले दुलाललाई पत्र हस्तान्तरण गरे । प्रमुख थापाले पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै प्रमुखमा नियुक्त भएकोमा बधाइ दिए ।
उनले कुनै बेला प्रचारप्रसार शाखालाई महत्वपूर्ण शाखाका रुपमा हेरिने गरेको बताउदै अहिले विगतको तुलनामा प्रचार प्रसार शाखाको साख घटेको आफूले महशुस गरेको बताए । उनले प्रचार प्रसार शाखाको गुमेको साखलाई पुनः फर्काउन सफलता मिलोस् भनी शुभकामना दिए ।
यसअघिका प्रमुख सुधिरप्रसाद पोखरेलले ५८ वर्ष उमेर हदका कारण साउन ८ गते अनिवार्य अवकाश पाएपछि प्रचार प्रसार शाखामा प्रमुखको पद रिक्त थियो ।
२०५३ साल असोज ४ गते राखेपमा स्थायी सेवामा प्रवेश गरेको प्रमुख दुलालले सबैसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रचार प्रसार शाखाका प्रशासकीय अधिकृत लोकेन्द्रकुमार बस्नेत, नायब सुब्बा बासुदेव निरौलालगायतको उपस्थिति थियो ।
प्रतिक्रिया