पद्मश्री साहित्य पुरस्कार ‘छुटेका अनुहार’लाई

पद्मश्री साहित्य पुरस्कार ‘छुटेका अनुहार’लाई


०७५ को पद्मश्री साहित्य पुरस्कार रमेश सायनको ‘छुटेका अनुहार’ले पाएको छ ।

मंगलबार खेमलाल हरिकला लामिछाने स्मृति प्रतिष्ठानले निबन्धकार रमेश सायनको उक्त कृतिलाई सो पुरस्कार दिने घोषणा गरेको हो ।

खेमलाल हरिकला लामिछाने स्मृति प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा दुई लाख रुपैयाँ राशिको पद्मश्री पुरस्कार सायनको छुटेका अनुहारलाई दिइने उल्लेख छ ।

त्यसैगरी पद्मश्री साधना सम्मान इतिहासविद तथा संस्कृतज्ञ डा. महेशराज पन्तले पाउने भएका छन् । उक्त पुरस्कारको राशि पनि २ लाख रुपैयाँ नै रहेको छ ।

उक्त सम्मान तथा पुरस्कार दशैँको कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिने बताइएको छ ।