स्कटल्याण्डमा घन्कियो लोक भाका

स्कटल्याण्डमा घन्कियो लोक भाका


badri 8स्कटल्याण्ड। स्कटल्याण्डको एबर्डिन सहरमा लोक भाका साँझ निकै रमाइलोपुर्बक सम्पन्न भएको छ। स्कटल्याण्डमा क्रियाशील नेपाली संस्था अर्गनाईजेसन फर नेपलिज कल्चर एण्डवेलफेयर (ओएनसीडब्लू ) ले आयोजना गरेको कार्यक्रममा प्रसिद्ध लोक गायक बद्रि पंगेनी र सुजन पराजुलीले चर्चित लोक गीत हरुमा सहभागीहरुलाई कार्यकम अवधि भर नचाएका थिए।
उक्त कार्यक्रममा लोक गायक पंगेनीले नेपाली लोकदोहोरीमा पिएचडी गरेका अमेरिकी कलाकार आना स्टिरसंग भिडियो कन्फ्रेंसिंग मार्फत झिमझिम सानो भाकामा दोहोरी गएका थिए। हाल अमेरिकाको हवाई बिश्वबिध्यलायामा अ ध्यापनरत आना संगको दोहोरीलाई प्रोजेक्टर मार्फत ठुलो पर्दामा देखाईएको थियो। नयाँ प्रबिधिको प्रयोग गरेर भिडियो कन्फ्रेंसिंग मार्फत पहिलो पटक दोहोरी गाउँदा निकै खुशी लागेको बताउंदै कलाकार बद्रि पंगेनी ले २५ भन्दा बढी देशमा विभिन्न कार्यक्रममा सहभागी भएतापनि स्कटल्याण्डको कार्यक्रम र आतिथ्य निकै अविस्मरणपूर्ण रहेको जनाए। कार्यक्रम संयोजक सन्तोष गैरेले दर्शकहरुले नविन प्रबिधिको प्रयोग गरेर गाइएको दोहोरी निकै रुचाएको बताए।
संस्थाका अध्यक्ष दिपेश रेग्मीले उक्त संस्थाले स्कटल्याण्डको सरकार को सहयोग मार्फत नेपाली समुदायमा विभिन्न कार्यक्रमहरु सफलता पुर्बक कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिएका थिए। – – प्रकाश अर्याल
badri 3
badri 6