एन बी ए यूकेले अवार्ड सेरेमोनी गर्ने

एन बी ए यूकेले अवार्ड सेरेमोनी गर्ने


20140514_194006लण्डन । यूकेबासी नेपाली व्यवसायीहरुको संगठन नेप्लिज बिजिनेस एसोसिएसन युकेले बेलायतमा नेपाली द्वारा संचालित बिभिन्न पेशसंग आवद्द व्यवसायहरु मध्येका उत्कृष्ट व्यवसाय तथा पेशाकर्मीहरुलाई प्रदान गर्दै आएको एन बी ए यूके अवार्ड आगामी सेप्टेम्बरमा गर्ने भएको छ । लण्डनको ब्ल्याकहिथस्थित एभरेस्ट ईन रेस्टुरेन्टमा आज भएको नियमित सपर क्लब भेटघाटमा सो कुरा बताइएको हो । मिति र स्थानलाई अन्तिम टुंगो दिन बाँकी रहे पनि सेप्टेम्बरको तेस्रो साता बेलायतको हाउस अफ पार्लियामेन्टमा गर्ने तयारी भइरहेको कुराको जानकारी ददिँदै अध्यक्ष नरेन्द्र कंडेलले सम्बन्धित सबैलाई सदस्यता नवीकरण गर्दै आवेदन प्रकृयामा आउन अनुरोध गरेका छन् । पाँच सदस्यीय अवार्ड कमिटिमा निर्णायक मण्डलको अध्यक्ष्यता सोलिसिटर राजु थापाले गर्ने छन् भने यादव श्रेष्ठ दाशु पाण्डे, यादव भण्डारी, फत्त थापा र रोशन सापकोटा रहेको कमिटिको संयोजन यादव श्रेष्ठले गर्नेछन् ।
20140514_213358आवेदन प्रकृया तथा सदस्यता नवीकरणसम्बन्धी बिस्तृत बिवरण छिट्टै सार्वजनिक सूचनामार्फत जारी गरिने बताउँदै संगठनका सचिव दाशु पाण्डेले थप जानकारीको लागी तयारी कमिटिका जो कोहहीसंग सम्पर्क गर्न सकिने बताए । बर्षेनी गरिने अवार्ड कार्यक्रमले व्यावसाय प्रवर्दनमा खास महत्व राख्ने भएकोले पनि यसमा धेरैको रुचि र सहभागिता भएको पाईन्छ । बेलायतस्थित बिबिध क्षेत्रका नेपाली व्यवसायीहरुको आपसी हित तथा ब्यापार प्रवर्धनमा केन्द्रित रहने हेतुले स्थापित यस संगठनले गर्दै आइरहेको अवार्ड सेरेमोनी कार्यक्रम लाई बिशेष महत्वका साथ हेर्ने गरिएको छ ।
अध्यक्ष नरेन्द्र कंडेलको अध्यक्ष्यता तथा सचिब दाशु पाण्डेद्वारा संचालित उक्त सपर क्लब भेटघाटमा संगठन को साधारण सभा आगामी डिसेम्बरमा गर्नेबारे लगाएतका बुँदाहरुमा छलफल भएको थियो भने उपस्थित विभिन्न पेशाकर्मीहरूले आ -आफ्ना व्यवसायिक अनुभवहरु साटा- साट गरेका थिए ।
-फडिन्द्र भट्टराई, लण्डन