बहिरा जुडो तालिम केन्द्रको उद्घाटन

बहिरा जुडो तालिम केन्द्रको उद्घाटन


बहिरा जुडो तालिम केन्द्रको भदौ १४ गते शनिबार उद्घाटन भएको छ । जापानी दाइकी सोजी र लायन्स क्लब अफ काठमाडौंको करिब १५ लाख आर्थिक सहयोगमा केन्द्रको हल निर्माण गरिएको थियो ।

नवनिर्मित हल बानेश्वरको भीमसेन गोलामा रहेको नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी गराए । हल निर्माणका लागि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नै पहल गरेका थिए ।

हाल ४२ बहिरा जुडो खेलाडीले प्रशिक्षण गरिरहेका छन् । बहिराको जुडो तालिम केन्द्र नेपालमै पहिलोपटक सञ्चालनमा ल्याइएको श्रेष्ठले बताए ।