लण्डन – यस सालको चोथो ग्रनिविच फुटबल कप – २०१४ प्रत्तियोगिता नेपाली यूथ एसोसिएसन ग्रीनविचले ग्रीनविच एफसीको सपोर्ट द्वारा सञ्चालन गर्ने खबर नेपाली यूथ एसोसिएसनका संस्थापक अध्यक्ष हरी (ह्यारी) गुरुङले स्तम्भकारलाई बताएका छन् । फुटबलको ९ए साईडको दुईवटा समुहमा खेलिने यस प्रत्तियोगितामा ३५ वर्षभन्दा माथिका तथा युवा खेलाडीहरुका खेल कडा स्पर्धावाला हुनेछ । लण्डन लगायत बेलायतभरिका टिमहरुले यस फुटबल प्रत्तियोगितामा प्रत्येक वर्ष सहभागी जनाउँदै आईरहेका छन् । यस वर्षको प्रत्तियोगितामा पुरस्कारको राशी ठुलो रहेको जानकारी पनि दिएका छन् । यसै प्रत्तियोगिताको अवसरमा महिलाहरुको साइड ७ए अथवा साइड ९ए प्रत्तियोगिता पनि सञ्चालन गरिने तथा नेपालीहरुको लोकप्रिय खेल पुरुष भालिभाल प्रत्तियोगिता पनि सञ्चालन गरिने कुरा जनाएका छन् । फेसबुकको ईभेन्ट पोर्टमा यस सालको कार्यक्रम बारे विस्तृत जानकारी दिएको कुरा पनि अध्यक्ष ह्यारी गुरुङले जनाएका छन् । दक्षिणपूर्व लण्डन स्थित राँयल अर्टिलरी ब्यारेक ग्राउण्डको फुटबल मैदानहरुमा हाहा रोड, विलविच, लण्डन, एसई७ ४बीएचमा ९ अगस्त २०१४को दिन बिहान ९बजेदेखि बेलुकी ८बजेसम्म प्रत्तियोगिता सञ्चालन हुने भनिएको छ तथा ईच्छुक टिमहरुलाई सहभागिता जनाउनको लागि आयोजक संस्थाले आव्हान गरेको छ ।
प्रतिक्रिया