ह्याकरलाई भेटे चिनियाँ दूतावासका कर्मचारीले

ह्याकरलाई भेटे चिनियाँ दूतावासका कर्मचारीले


नेपालका ठूला बैंकको एटिएम बुथको स्विच ह्याक गरी रकम चोरी गरेलगत्तै पक्राउ परेका चिनियाँ ह्याकरलाई नेपालस्थित चिनियाँ दूतावासका कर्मचारीले भेट गरेका छन् ।

एटिएम ह्याक गरी रकम चोरी गरेको विषयमा चिनियाँ दूतावासले चासो व्यक्त गरेको हो । पक्राउ परेका पाँच चिनियाँ नागरिकलाई भेट्न चिनियाँ दूतावासका कर्मचारी आइतबार साँझ महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए । महानगरीय प्रहरीका अनुसार नेपालस्थित चिनियाँ दूतावासका फस्ट सेक्रेटरी फिङसा ओलिन आएको जनाएको छ ।

प्रहरीका अनुसार उनिहरु बीच चिनियाँ भाषामा कुराकानी भएको र आपराधिक गिरोह हुन् भने अनुसन्धान राम्रोसँग गरिदिन दुतावासका कर्मचारी फिङसा ओलिनले प्रहरीसमक्ष आग्रह गरेका थिए ।

प्रहरीले चिनियाँ नागरिक ४० वर्षका लु जिया लिङ, ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङ यिङ र २९ वर्षका लिन जिनमिङलाई पक्राउ गरेको थियो ।