भुक्तानी असन्तुलनका कारण ९ बर्षपछि ६७ अर्बको शोधनान्तर घाटा

भुक्तानी असन्तुलनका कारण ९ बर्षपछि ६७ अर्बको शोधनान्तर घाटा


  • छविलाल बगाले

नेपालको वार्षिक बजेट बराबर व्यापारघाटा भएको तथ्यांक छ । गत आर्थिक वर्षमा मात्र १४ खर्बभन्दा बढी मूल्य बराबरको आयात भएको छ ।

९४ रुपैयाँको वस्तु र सेवा आयात हुँदा नेपालले ६ रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात गर्छ । गत आर्थिक बर्ष २०७५/७६ मा मुलुकले ९ बर्षपछि ६७ अर्बको शोधनान्तर घाटा व्यहोर्नुपरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । उनका अनुसार गत आर्थिक बर्ष २०७५/७६ मा नेपालले ९७ अर्ब ११ करोड रुपैयाँको बस्तु निर्यात गर्दा बाह्य मुलुकबाट १४ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात गरेको छ ।

आर्थिक बर्ष २०७५/७६ र २०७४/७५ को तुलना

भुक्तानी असन्तुलनका कारण ९ वर्षपछि पहिलोपटक नेपाल घाटामा गएको तथ्यांक नेपाल राष्ट्र बैंकसँग छ । विदेश जाने रकमभन्दा भित्रिने रकम कम भएकै नेपाल पहिलोपटक ऋणात्मक विन्दुमा पुगेको अर्थ्विद्हरुको तर्क छ । आर्थिक बर्ष २०६६६७ मा नेपालको शोधनान्तर स्थिति ३ अर्ब ३३ करोड रुपैयाँले घाटामा थियो ।

विगत १० बर्षमा यस्तो छ शोधनान्तर स्थिति


यसकारण भयो शोधनान्तर घाटा

–वस्तु व्यापारमा १३.५ प्रतिशत बढेका कारण १३ खर्ब २१ अर्ब ४३ करोड घाटामा
–वर्षभरिमा चालू खाता २ खर्ब ६५ अर्ब ३७ करोडले घाटामा
–सेवा व्यापारमा १६ अर्ब ५२ करोडले घाटामा
–पुँजीगत ट्रान्सफर २ अर्ब २६ करोडले घटेर १५ अर्ब ४६ करोडमा सीमित
–प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ४४ करोडले घटेर १३ अर्ब ७ करोडमात्रै भित्रियो

यतिखेर मुलुकको बाह्य क्षेत्र दवावमा छ । सरकारले चुलिँदो व्यापार घाटालाई कम गर्न इन्धन र विद्युतको आयातलाई कम गराउनुपर्ने तर्क अर्थविद् नरबहादुर थापा बताउँछन् । उनका अनुासर आयात विस्थापनका लागि तत्कालीन र दीर्घकालीन उपाय अपनाउन नसके स्थिती भयावह हुने बताउँछन् ।