नमस्ते यूरोप सन्ध्या-२०१४

नमस्ते यूरोप सन्ध्या-२०१४


IMG_8366लण्डन /यूरोपका गतिविधि समेटेर तयार पारिने साप्ताहिक टिभी कार्यक्रम ‘नमस्ते यूरोप’ ले एकसय श्रृंखला पार गरेको अवसरमा लन्डनमा एक च्यारिटी डिनर कार्यक्रम गरेको छ । नमस्ते यूरोप सन्ध्या-२०१४ नामक रेड कार्पेट लन्डन ग्रीनफोर्डस्थित टाउन हलमा भव्यताका सम्पन्न गरेको छ l कार्यक्रमा साउथहल तथा इलिङ एमपी वीरेन्द्र शर्माको प्रमुख आतिथ्यतामा भएको थियो । शर्माबाहेक अन्य तीन बेलायती सांसद, नेपाली दूतावास र बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीसमेत कार्यक्रममा सहभागी भएका थिए । बेलायती एमपी बिरेन्द्र शर्माको प्रमुख आतीथ्यमा सम्पन्न उक्त कार्यक्रमका अतिथिहरु, समाजसेवी, ब्यापारी, कलाकार र पत्रकारहरुको जमघटले कार्यक्रम मनोरंजनात्मक र सहयोगी-मुलक रहेको उपस्थित जनसमुदायले बताएका थिए ।
कार्यक्रम लमजुङस्थित आमाहरुको स्वास्थ्य सेवा सहयोगार्थ गरिएको आयोजक नमस्ते युरोप टिभी समूहका निर्देशक राजेन्द्र भट्टले जनाए । भट्टका अनुसार, नेपालको एनटिभी प्लस, यूकेस्थित नेपाली टिभी, अमेरिकाको ह्वाइट हिमाल टिभी र अष्ट्रेलियाको एमएन टिभीबाट प्रसारण हुने उक्त कार्यक्रम हालसम्म एकसय १२ श्रृंखला प्रसारण भइसकेको छ । स्थानीय गायक गायिका शर्मिला बर्देवा, गंगा थापा, सुनिता लिम्बू, सुजन पराजुली, श्रेया राई, ममता गुरुङ, मिरुना मगर, सकुन जिमी राई, पारिका आले, रोजिना कार्की, स्किपर समिर लगायतले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रम सफल बनाउन शशि थापा सुब्बाले स्टेज र कोरियोग्राफीको जिम्मा लिएकी थिइन् भने इभेन्ट संयोजनको जिम्मेवारी लारा (लक्ष्मी राई), साउण्ड सिस्टम हेम बिष्ट र खाना व्यवस्थापन हंग्री यती रेष्टुरेन्टको अभिभारा रहेको थियो ।
-तस्वीरसहित नरेन्द्र बस्नेत
Please click here to view the entire album