कंगो रेल दुर्घटनामा ५० जनाको मृत्यु

कंगो रेल दुर्घटनामा ५० जनाको मृत्यु


बिहीबार कंगोमा रेल दुर्घटनामा परेको छ । दुर्घटनामा परी कम्तीमा ५० जनाको मृत्यु भएको बताइएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

ताङगणन्यिक प्रान्तको मायिबारीदीमा स्थानीय समयअनुसार बिहान ३ बजेतिर रेल दुर्घटनामा परेको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ । गत मार्चमा पनि रेल दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको थियो ।