नेपालका र्सवाधिक धनाढ्य नेताको कोटीमा पर्नुभएका शेरबहादुर देउवाको सैंबु भैंसेपाटीमा दुई सय ६९ रोपनी, भक्तपुरमा सय रोपनी र पोखराको फेवाताल किनारको रमाइलो डाँडामा पचास रोपनीभन्दा बढी जमिनको मूल्य ६ अर्बभन्दा बढी पर्ने बताइन्छ । उहाँको बुढानीलकण्ठस्थित निवासको मात्र पचास करोडसम्म पर्ने घरजग्गा व्यवसायीको भनाइ छ । यीबाहेक अन्य नगद, जिन्सी तथा अन्य सम्पत्तिको बारेमा कसैलाई कुनै जानकारी छैन । बेल्जियमबाट हतियार खरिद गर्दा प्राप्त कमिसन सिङ्गापुरको बैंकमा राखिएको देउवाका निकटवर्तीहरूको भनाइ छ । जे होस्, ०४६ सालको परिवर्तनपश्चात् राजनीतिकर्मीहरूमध्येको धनी बन्ने प्रतिस्पर्धामा देउवाले सबैलाई उछिन्नुभएको छ । तर, उहाँलाई कसैले उहाँको सम्पत्ति र कमाइको स्रोतका बारेमा जिज्ञाशा राख्यो भने देउवाले निकै फर्ूर्तिसाथ भन्ने गर्नुभएको छ, ‘मेरी श्रीमती आरजु जुद्धशमशेर महाराजकी नातिनी हुन्, उनको माइतीबाट प्राप्त सम्पत्ति हो ।’ ललितपुर जावलाखेलका स्थानीय बासिन्दालाई देउवाको ससुरालीको आर्थिक हैसियतबारे धेरै राम्रो जानकारी छ । उनीहरूले जुद्धशमशेरको घोडाको तबला र गाईगोठमा कसरी जीवन गुजार्नुपरेको थियो र २०४७ सालसम्म आरजु कालो रंगको स्कुटरमा कसरी हिँड्ने गर्थिन् भन्ने पनि जावलाखेलवासीले भुलेका छैनन् । देशको राज्यसत्तामा विशिष्ट पहुँच बनेयता देउवादम्पतीले आर्जन गरेको सम्पत्तिको स्रोत खोज्ने हिम्मत नेपालका ‘अख्तियार’ या कुनै निकायले पनि गर्न सकेका छैनन् । देउवाले जुद्धशमशेर देखाएर आफ्नो अनुचित कमाइलाई छोप्ने प्रयास गर्दै आउनुभएको छ, तर आरजु देउवाको पिता विनोद कसरी जुद्धशमशेरका छोरा भनिएका हुन् र उनको वास्तविकता के हो भन्ने बुझन कतै टाढा गइराख्नुपर्दैन, पुरुषोत्तमशमशेर जबरा लिखित ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ भाग २ पढे पुग्छ । शेरबहादुर देउवाका ससुरा अर्थात् आरजु राणाका पिताजीबारे उक्त पुस्तकको पृष्ठ ३१० र ३११ मा लेखिएको छ, ‘जुद्धशमशेर सोही दिन आफूलाई आफैंले राजरि्ष महाराज घोषित गरी आफ्नो पद, ओहदा र सम्पूर्ण अधिकार त्यागी तेह्र वर्ष तीन महिनासम्म नेपाल अधिराज्यको वागडोर आफ्नो हातमा लिई ७० वर्ष सात महिनाको उमेरमा रिडी नगिच अर्गेलीतर्फ जानु केही अगाडि जुद्धशमशेर पुत्रका एक आदहरूले ँयिनी पनि बुबाज्यूकै पुत्र हो तर्सथ यिनलाई स्वीकार गरिबक्सनुपर्छ भनी विनोद नामक केटो जुद्धशमशेरको अगाडि उभ्याई देखाए । जुद्धशमशेरले पनि जोगी भनी जाने अवसरमा केको लफडा गरिरहनु भन्ने सम्झी ँल यसलाई ६ लाख रुपैयाँ दिनु भनी अह्राए, औ त्यस दिनदेखि निज विनोदशमशेर हुनुको साथै जुद्धशमशेरको छोराको दर्ज गरिदिए । जुद्धशमशेर प्रधानसेनापति मुख्तियारको पदमा रहुन्ज्याल मानशमशेरलाई सबैले मानबहादुर दाइ भन्दथे भने कसैकसैले अडिटर दाइ भन्दथे । जुद्धशमशेर ३ श्री महाराज हुनासाथै छोरामा दर्ज भई मानशमशेर भए भने अब जुद्धशमशेर श्री ३ महाराजको पद त्याग गरी काठमाडौं छोडी जान लाग्दा पनि अपरिचित विनोदलाई छोरामा दर्ज गरी विनोदशमशेर भए । यसरी जोगी भएका जुद्धशमशेरलाई काठमाडौं छोडी जाने अवसरमा पनि भोगी बन्नुपर्यो ।
यिनै विनोद आरजु देउवाका पिताजी हुन्, जसलाई जुद्धशमशेरले ६ लाख रुपैयाँ दिनु भनिए पनि त्यसको कार्यान्वयन भएको पाइँदैन । जुद्धशमशेरको विशेष कृपाले नामका पछाडि शमशेर लेख्न विनोदले पाए र बसोबासका निम्ति घोडाको तबलासँगै भए पनि एकान्तकुना जावलाखेलमा ठाउँ पाए । यस्ता विनोदशमशेरको नाम भजाएर देउवाले आफ्नो अकुत सम्पत्तिको सुरक्षा गर्न खोज्नुलाई जानकारहरूले हास्यास्पद मानेका छन् ।
प्रतिक्रिया