भलिबलको विजेतालाई खसी, उपविजेतालाई बोका

भलिबलको विजेतालाई खसी, उपविजेतालाई बोका


स्वति सदनले प्रथम जीवन ज्योति अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जितेको छ । मनमैजुस्थित आयोजक जीवन ज्योति इङलिस बोर्डिङ स्कुलमा भएको प्रतियोगिताको फाइनलमा स्वति सदनले प्याराडाइसलाई २५–२१, २३–२५ र २५–१९ को सेटमा पराजित गऱ्यो । विजेताले खसी तथा उपविजेताले बोका पुरस्कार स्वरुप पाए ।

मनास्लुले तेश्रो स्थानमा चित्त बुझायो । तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा मनासलुले सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) लाई २५–१९ र २५–२३ को सोझो सेटमा हरायो । मनासलुले एक जोर भाले पुरस्कार पायो । स्वति सदनका मदनबाबु दवाडी उत्कृष्ट खेलाडी घोषित भए । ग्राम सेवाले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा, शैक्षिक गतिविधि हेर्ने विद्यालयका अभिभावक विष्णुप्रसाद पनेरु, कार्यक्रम संयोजक राजन अधिकरी, आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल पौडेललगायतले पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।