फाइभ ए साइड शिक्षक फुटबल हुने

फाइभ ए साइड शिक्षक फुटबल हुने


एनप्याब्सन कागेश्वरी मनोहरा नगरपालिका कमिटीको आयोजनामा दोश्रो अन्तरविद्यालय फाइभ ए साइड शिक्षक फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

यही असोज १० गते आयोजना गरिने प्रतियोगितामा १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजक कमिटीका अध्यक्ष अमृतकुमार खड्काले जनाएका छन् । विजेताले खसी तथा उपविजेताले भाले पुरस्कार पाउने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ७० हजार रुपैयाँ खर्च हुने आयोजक कमिटीका कोषाध्यक्ष प्रेमकुमार भुजेलले जानकारी दिए । एकदिने प्रतियोगिताका खेलहरु काँडाघारीस्थित अर्किड स्कुलमा हुने छ । गत संस्करणको उपाधि भीमेश्वर एकेडेमीले जितेको थियो ।