नेसनल मुवाँथाई च्याम्पियन

नेसनल मुवाँथाई च्याम्पियन


नेपाल मुवाँथाई च्याम्पियनसिपमा नेसनल मुवाँथाई टिम च्याम्पियन बनेको छ । गोकर्णेश्वर मुवाँथाई नगर कमिटीद्वारा आयोजित प्रतियोगितामा टिम च्याम्पियन नेसनलले ४ स्वर्ण, १ रजत र ३ कांस्य जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

प्रतियोगिता गोकर्णेश्वरमा अवस्थित भवगति युवा क्लवको नयाँ कवर्ड (सितोरिया कराते) हलमा सम्पन्न भएको थियो । सितोरियो करातेको उक्त कवर्ड हल गोकर्णेश्वर नगरपालिका विशेष सहयोगमा हालै निर्माण सम्पन्न भएको थियो ।