‘एलजी नेपाल’ले यस वर्षको चाडपर्वको अवसरमा आफ्ना ग्रहकलाई डब्बल खुशी प्रदान गर्ने योजना अघिसारेको छ । यसअन्तर्गत एलजी नेपालले हरेक टेलेभिजनको खरिदमा ६ महिनाको लागि प्रभु ‘TV app’को सदस्यता सित्तैमा प्रदान गर्ने भएको छ । यो सुविधा एलजीका पुराना खरिद गरिसकेका टेलेभिजनहरूमा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
बताइएअनुसार सदस्यहरूको सदस्यता एलजी टिभीको प्रभ एपमा login गरेपछि सुरु हुन्छ । यो कार्य योजना सुरु भएको तीन महिनाभित्र गर्नुपर्ने छ । यो योजना ०७६ असोज १ देखि लागु गरिएको छ ।
एलजी नेपालको एकमात्र टेलेभिजन हो जसले प्रभु TV app का सबै प्रयोगकर्ताहरूलाई ६ महिनाको निःशुल्क सदस्यता प्रदान गरेको छ । यस योजनाले एलजीका ग्राहकमा थप निर्धक्कता ल्याउने र एलजीप्रतिको विश्वास अझ सुदृढ बनाउने कम्पनीले विश्वास लिएको जनाइएको छ ।
प्रतिक्रिया