कर्पोरेट ब्याडमिन्टनमा ढुङ्गाना र खेमराजको उत्कृष्ट प्रदर्शन

कर्पोरेट ब्याडमिन्टनमा ढुङ्गाना र खेमराजको उत्कृष्ट प्रदर्शन


बी एन्ड बीका बालकुन्द ढुङ्गाना र टियुका खेमराज भट्ट अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत कर्पोरेट सिंगल स्पर्धाको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्ड हल कोर्टमा असोज ६ गते सोमबारदेखि सुरु भएको प्रतियोगितामा बालमुकुन्दले इनास इन्टरप्राइजेजका राजु बास्तोलालाई २१–१४, २१–१० को सोझो सेटमा हराए ।

खेमराजले सिल्क ग्रुपमा रमेश शेर्पाबाट वाकओभर पाउँदै क्वार्टरफाइनलमा स्थान बनाए । सोही स्पर्धाको अर्को खेलमा स्टार इनभेष्टमेन्टमा दिनेश राईले पनि क्वार्टरफाइनलमा स्थान बनाएका छन् । दिनेशले जेष्ठ ब्याडमिन्टनका मधुसुदन पाठकलाई २१–१३, २१–१० को सोझो सेटमा पाखा लगाए ।

त्यस्तै ज्योती विकास बैंकका विकास मर्हजन र महालक्ष्मी पेन्टका प्रदिप मर्हजन एक्जुकेटिभ डबल्स स्पर्धाको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । विकास र प्रदिपको जोडीले आचार्य ट्रेडर्सका केशव आचार्य र अरुण प्रसाद झालाई २१–९, २१–१२ को सेटमा हराए ।

सोही स्पर्धाको अर्को खेलमा जेष्ठका अखिल श्रेष्ठ र रोमन बानियाको जोडीले नेपाल टेलिकमका हरिकृष्ण शर्मा र सुरेन्द्र कार्कीको जोडीलाई २१–७, २१–१७, कामना सेवाका विशाल खडेका र बीएनएम सरप्राईजकका विश्वास नेपालले आरबीबीका पुष्पचन्द्र थापा र गुप्त केसीको जोडीलाई २१–६, २१–९ को सेटमा पाखा लगाए ।

महालक्ष्मी पेन्टका शात्त डंगोल र दिपेश शाक्यको जोडीले अल्फान्सो रिसोर्टका इशान खड्का र ओम थापाको जोडीलाई २१–७, २१–१७ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए । सोही स्पर्धाको अर्को खेलमा नारायणी मिल्कका अविशेक बोस शुसिल श्रेष्ठको जोडीले भारतीय दुतावासका डिके सिंह र अमिल डुवेसँग वाकओभर पाए । अर्को खेलमा नेआका राजु मर्हजन र श्रीप्रसाद धिमालको जोडीले जेष्ठका मधुसुदन पाठक र राम त्रिपाठीको जोडीलाई २१–१२, २१–१५, जेष्ठका सुजन थापा र रामकुमार वानियाको जोडीले भारतीय दुतावासका केएम प्रफुलेन्द्र शर्मा र सफल लामाको जोडीलाई २१–७, २१–४ तथा महालक्ष्मीका रविप मर्हजन र भुवन शर्माको जोडीले नेआका विष्णु मास्के र सरोज तामाङको जोडीलाई २१–६, २१–१० को सेटमा हराउँदै क्वार्टरफाइनलमा पुगेका छन् ।

यसैगरी खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र पोखरा एचएमका जयराम हमाल कर्पोरेट डबल्स स्पर्धाको क्वार्टरफाइनलमा प्रवेश गरेका छ । पिताम्बर र जयरामको जोडीले सन्तुष्टका देवेन्द्र केसी र सिभिल एभियसनका कुमार बस्नेतको जोडीलाई २१–१०, २१–१२ को सेटमा हराए ।

सोही स्पर्धाको अर्को खेलमा केजीएचका राजन शाक्य र ज्यापु कोम्पाका बल्लभ मर्हजनको जोडीले हिमालय ग्रुपका मोहन बहादुर शाही र भिससेन गुरुङको जोडीलाई २१–९, २१–११, मुक्तिनाथ विकास बैंकका प्रेम थापा र वेस्ट फाइनान्सका तोयाराज अधिकारीको जोडीले एनटीसीका राजेन्द्र श्रेष्ठ र सुजित आनन्द मल्लको जोडीलाई २१–१७, २१–१४, नेहाका उमेश कुमार भण्डारी र प्रितम बस्नेतको जोडीले नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारी र शिवनाथ पाण्डेको जोडीलाई १४ –२१, २१–१६, २१–१४, युनिभर्सल इलेक्ट्रोका हरिओम गुप्ता र बुटवल पावरका खगेन्द्र रेग्मीको जोडीले ग्रीनसिटी हस्पिटलका एलबी टन्डर र गंगालाल हस्पिटलका डा. रज्नित बरालको जोडीलाई २१–८, २१–१२ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका छन् । सोही स्पर्धाको अर्को खेलमा पञ्चकन्या ग्रुपका ध्रुबकुमार श्रेष्ठ र रुपेन्देही सीसीआईका उमेश बहादुर कार्कीको जोडीले वाकओभर पाएको छ ।

अर्को खेलमा त्रीभ ब्रोकरेजका अनोजराज पौडेल र प्रशान्त ताम्राकारको जोडीले महालक्ष्मी पेन्टका चन्द्र खड्की र सुमन नेवा मर्हजनको जोडीलाई १६ –२१, २१–१५, २३–२१ को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा पुगे । सुपर लमिकोटका विके बोस र महेश श्रेष्ठको जोडीले टियुका विधान आचार्य र खेम भट्टको जोडीसँग वाकओभर पाए ।

त्यस्तै ज्योती विकास बैंकका विकाश मर्हजन र जेष्ठ ग्रुपका अखिल श्रेष्ठ एक्जुकेटिभ एकलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । राखेप कभर्डहलमा सोमबार भएको खेलमा विकाशले भारतीय दुतावासका सुवास सिंहलाई २१–४, २१–९ तथा अखिलले नेशनल ट्रमा सेन्टरका रुपेश शाक्यलाई २१–९, २१–१० को सोझो सेटमा पाखा लगाए ।

सोही स्पर्धाको अन्य खेलमा बाग्लुङ सिसिआईका रजिन खड्काले नेआका रत्न श्रेष्ठलाई २१–१२, २१–९, जेष्ठका रामकुमार वानियाले एनटीसीका सुरेन्द्र कार्कीलाई २१–५, २१–१३, नेआका टेक बहादुर बुढाले जेष्ठका राम त्रिपाठीलाई २१–१७, २१–११, जेष्ठका सुजन थापाले एनडीबीएलका टक्कर कुँवरलाई २१–१२, २१–१३, बज्र अटोका रुपेल बादेले एमआईसीईका रोशन श्रेष्ठलाई २१–१२, २१–९ तथा कामना सेवाका विशाल खड्काले एनटीसीका हरिकृष्ण शर्मालाई २१–१५, २१–७ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए । प्रतियोगिता अन्तर्गत मंगलबार सबै विधाको क्वार्टरफाइनल खेल हुनेछ । प्रतियोगितामा विभिन्न ५१ क्र्पोरेट हाउसको सहभागिता रहेको छ ।

प्रतियोगिताको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले गरेका थिए । उनले ब्याडमिन्टन खेलेर खेलको उद्घाटन गरेका थिए ।