आईटीएफ सिनियर टेनिसको उपाधि कमल थापालाई

आईटीएफ सिनियर टेनिसको उपाधि कमल थापालाई


५५ वर्ष उमेर समूहभन्दा माथिको आईटीएफ सिनियर टेनिस प्रतियोगिताको एकल स्पर्धामा कमल थापाले स्वर्ण हात पारेका छन् ।

राप्रपाका अध्यक्षसमेत रहेका थापाले पोखरामा जारी उक्त प्रतियोगितामा प्रतिद्वन्द्वी भारतीय खेलाडी सञ्जय कुमारलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।

उनले कुमारलाई ६–३ र ६–२ को सेटमा हराउँदै जित हासिल गरेका हुन् ।