राजमार्गको बीच सडकमै विष्फोटक

राजमार्गको बीच सडकमै विष्फोटक


■ सनिउल्ला धोबी, कपिलवस्तु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नपा १, रेन्जरपोष्ट (माइक्रोथान) नजिकै बीच सडकमा बम जस्तो देखिने अन्जान वस्तु राखिएको फेलापरेको छ ।

सो शंकास्पद वस्तुका कारण यतिबेला सडक नै अवरुद्ध भएको छ । शंकास्पद वस्तु फेला पारिएको स्थानमा प्रहरीद्वारा सुरक्षा व्यबस्था कडा पारिएको छ ।

नेपाल आर्मीको टोली सो स्थानमा आएपछि डिष्पोज गरी सडक सुचारु गरिने वडा प्रहरी चन्द्रौटाको भनाई छ ।

कपिलवस्तु शिवराज १ मा रहेको सरस्वती आधारभूत विद्यालयदेखि ३०० मिटरको दूरीमा राखिएको शंकास्पद वस्तुले बालबालिका एवम् अभिभावकहरुमा समेत त्रास फैलिएको छ ।